गोकर्णेश्वर नगरपालिकाको नयाँ बस्तीमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुर्ण कदको शालिक अनावरण
कपन अनलाइन
काठमाडौँ, श्रावण ५ ।गोकर्णेश्वर नगरपालिका नयाँ बस्तीमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुर्ण कदको शालिक अनावरण गरिएको छ । सोमबार एक कार्यक्रमका बीच बागमती प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्रि रामेश्वर फुयालले उक्त शालिकको अनावरण गरेका छन।
२०६० साल कार्तिक ८ गते महाकबी लक्ष्मी प्रसाद देबकोटा को ९६ जन्मजयन्तीका अबसरमा रास्ट्रकवि माधब प्रसाद घिमिरेबाट देवकोटाको अर्ध कदको प्रतिमा अनाबरण भएको थियो । सोही स्थानमा प्रतिस्थापना स्वरुप नयाँबस्ती युबा क्लबले सक्रियतामा महाकबी देबकोटाको पुर्ण कदको प्रतिमा स्थापना गरिएको हो ।बागमती प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्रि रामेश्वर फुयाल सिफारिश मा आ.ब २०७७/२०७८ मा उक्त शालीक निमार्णका लागीकरिब दस लाख रुपैया बजेट बिनियोजन गरिएको थियो ।
उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा न ५ वडाका अध्यक्ष नारायण बहादुर सुवेदी ६ का वडा अध्यक्ष रमेश अर्याल, गोकर्णेश्वर नगरपालिका एमाले नेता भागबत सापकोटा ,क्लबका पुर्बअध्यक्ष सुरज बोहोरा, सुभास पुडसैनी,क्लबका पुर्ब सल्लाहकार वसन्त रिजाल युबा समाज सेबि बुद्ध लामा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष रामकुमार तामाङले गरेका थिए भने कार्यक्रम सन्चालन क्लबका सचिव चन्द्रमणि गौतमले गरेका थिए ।