लायन्स क्लब अफ काठमाडौं उत्तरबाहिनिको पद हस्तान्तरण तथा प्रथम बार्षिक कार्ययोजना बैठक सम्पन्न
कपन अनलाइन
काठमाडौं, श्रावण ३ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं उत्तरबाहिनिको पद हस्तान्तरण तथा प्रथम बार्षिक कार्ययोजना बैठक सम्पन्न भएको छ ।शनिबार नारायणटार स्थित माछापुच्छ्रे क्याफेमा एक कार्यक्रमका बिच क्लबका बर्ष २०२०/२१का अध्यक्ष लायन गंगालाल श्रेष्ठले बर्ष २०२१/२२का प्रेसिडेन्ट आर के श्रेष्ठलाइ पद हस्तान्तरण गरेका हुन।
उक्त कार्यक्रममा लायन श्रीचन केसी, लायन उदयराज भण्डारी, लायन संजय दहाल लायन माधब ढुंगाना लायन राधाकृष्ण प्रजापति लगायत बर्ष २१-२२ का क्लब पधाधिकारीहरुको उपस्थिति रहेको थियो कार्यक्रममा लायन बर्ष २०२१/२२ का अध्यक्ष आर के श्रेष्ठले पदभार ग्रहण गर्दै क्लबले गर्ने नियमित कार्य बाहेक पनि आफ्नो कार्यकालमा थप नयाँ र उदाहरणीय कार्यक्रमहरु गर्ने आफ्नो लक्ष्य रहेको बताएका थिए ।
उनले क्लबले अहिले प्राप्त गरेको उचाईमा कमी हुन नदिई थप उचाईमा पुरयाउने प्रतिबद्धता समेत जनाएका थिए । कार्यक्रममा क्लबको बार्षिक कार्य योजना तथा क्लबले गरेका कार्यक्रमको समिक्षा समेत गरिएको थियो।
फोटो : सरोज बस्नेत