पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयघात
कपन अनलाइन
काठमाडौं श्रावण १ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयाघात भएको छ । मेयर जिसीलाई शुक्रबार बिहान करिब ४ बजेको समयमा हृदयाघात भएको हो ।
अहिले पोखराकै मणिपाल अस्पतालमा मेयर जिसीको उपचार भइरहेको र मेयर जिसीको अवस्था अहिले सुधारोन्मुख भएपनि शरीरको दायाँ भागमा समस्या देखिएकाले थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ ।
फोटो : सामाजिक संजाल
तपाइँको प्रतिक्रिया ।