काठमाडौँमा खोप केन्द्र कहाँ कहाँ छन ?
कपन अनलाइन
काठमाडौँ, असार २९ ।
स्वास्थ्य मन्त्रालयले काठमाडौँमा खोप केन्द्र निर्धारण गरेको छ । चीनबाट ल्याइएको भेरोसेल खोप तथा अमेरिकाबाट अनुदानमा आएको जोन्सन एण्ड जोन्सनको खोप लगाउन काठमाडौँ जिल्लामा खोप केन्द्र तोकिएको हो ।
मन्त्रालयले काठमाडौँ असार २९ देखि श्रावण २ गतेसम्म भेरोसेल खोप लगाउन सकिने जानकारी दिएको छ भने सोहि केन्द्रहरुबाट साउन ४ गतेदेखि ६ गतेसम्म जोनसनको सिंगल डोज खोप लगाउन सकिने भएको छ ।
त्यस्तै काठमाडौँ महानगरको हकमा थप २५ वटा सम्म खोप केन्द्र विस्तार गर्न सकिने मन्त्रालयले अनुमति दिएको छ ।
तपाइँको प्रतिक्रिया ।