नेपाली कांग्रेस क्षेत्र नं ४ मा याेग्यकाे पहिचान, छनाैट र चयन हुनेवाला छैन : केशवराज पाठक
कपन अनलाइन
काठमाण्डौ ,असार २२।
लामो समय देखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका पत्रकार केशव राज पाठकले नेपाली कांग्रेस क्षेत्र नं ४ को आसन्न अधिवेसनमा याेग्यकाे पहिचान, छनाैट र चयन नहुने बताएका छन।
आफु सम्पादक रहेको काठमाण्डौ खबरमा एक लेख लेख्दै पाठकले हुक्के, बैठके र “हस” भन्ने पात्र नै १४ औँ महाधिवेशनमा क्षेत्र नं ४ का बिभिन्न पदमा आउने ठोकुवा गरेका छन।
२०५४ शालको स्थानीय निकायको निर्वाचनमा निर्वाचित जनप्रतिनिधि समेत रहेका पाठकले संगठनमै बसेर लज्जास्पद हार व्यहाेरेकै कतिपय क्षेत्र एवम् इकाइ स्तरका नेताहरू नै यतिखेर पदका लागि हानाथापमा व्यस्त देखिएको धारणा राखेका छन।
सांसद तथा केन्द्रिय सदस्य गगन थापाका मान्छे, क्षेत्रीय सभापति राजु श्रेष्ठका मान्छे वा नेता प्रकाशमान सिंहका मान्छे भएका वा नभएका आधारमा अधिवेशनमा एउटा मान्छे अगाडि बढ्ने वा पछाडि पर्ने अबस्था देखिएकाे भन्दै लामो समय देखि नेपाली कांग्रेसमा सक्रिय पाठकले १३ औँ महाधिवेशनपछि नाक मुख नदेखिएका उमेरले बुढ्याैली वयमा टेकिसकेकाे एक दर्जन नेताहरू यतिखेर गगन, राजु वा प्रकाशमान सिंहकाे नाममा बिभिन्न पदमा दावी गरिरहेको भन्दै व्यंग्य गरेका छन।
नेपाली कांग्रेस क्षेत्र नं ४ को नेतृत्वका लागि शशक्त दावेदारी दिन सक्ने व्यक्तित्व समेत रहेका पाठकले गगन थापा तथा राजु श्रेष्ठकाे क्षेत्रमा युवा तथा याेग्यलाइ अगाडि बढाउने याेजना तथा मनसायभने कहिल्यै देख्न नपाएकोमा दुख व्यक्त गर्दै गत स्थानीय चुनावमा आफ्नै उम्मेदवारलाइ हराउन लागेका भनेर चिनिएका व्यक्तिहरू यतिखेर क्षेत्रदेखि इकाइ, नगर कमिटिदेखि प्रदेशसम्म जान गुटगत भेलामा व्यस्त रहेको धारणा राखेका छन।