अखिल नेपाल महिला संघ बुढानिलकण्ठ वडा नं १० कमिटी पुनर्गठन,अध्यक्षमा नम्रता सापकोटा

अखिल नेपाल महिला संघ बुढानिलकण्ठ वडा नं १० कमिटी पुनर्गठन,अध्यक्षमा नम्रता सापकोटा

कपन अनलाइन

काठमाण्डौ ,असार २१।

बुढानीलकण्ठ नगरपालिकामा अखिल नेपाल महिला संघकाे १० वडा कमिटीकाे पुनर्गठन भएको छ। अनेम संघ बुढानिलकण्ठ -१० की  अध्यक्ष कमरेड सावित्रा लुईटेल कडेलकाे  अध्यक्षतामा  भएकाे  भेलाले कमरेड नम्रता सापकोटा अध्यक्ष र उमा पुरी सचिव रहेकाे २५ सदस्यीय वडा कमिटी गठन  गरेको छ  ।
उक्त कार्यक्रममा अनेम संघ केन्द्रिय सदस्य सरिता निरौला ,  अनेमसंघ बागमती प्रदेस सदस्य द्वय बुढानीलकण्ठ नगरपालिकाका उपप्रमुख रमादेबी राई र बिन्दा गाैतम, जिल्ला कमिटी सदस्य एवं अनेमसंघ बुढानीलकण्ठ इन्चार्ज देबी रेग्मी, बूढानीलकण्ठ नगर कमिटी अध्यक्ष निर्मला खड्का ,अनेमसंघ केन्द्रीय सदस्य भवानी दाहाल, नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य द्वय मिठाराम अधिकारी र लक्ष्मी संगाैला , नगर अध्यक्ष प्रदिप डंगाेल सदस्यहरु ध्रुव भट्टराई र नवराज भट्टराई र १० वडा पार्टी कमिटीका अध्यक्ष जगत निराैलाकाे लगायतको  उपस्थिति रहेको थियो  ।
तपाइँको प्रतिक्रिया ।