मेरा बिस उदकहरु : निर्मलरमण पराजुली (कविता )

 

कपन अनलाइन

काठमाण्डौ ,असार २०।

उदक
चेतनामुलक शिक्षाप्रद
मदानीले मोथेको नौनी

बिश्वबिद्यालय
किरा चम्काउने
हिरा धमिल्याउने स्थल

बिदेश
आफ्नै लाश
बक्सामा हालेर स्वदेश

मेलम्ची
तिमी रुदा
देश हास्न सक्दैन

नारी
छोरी तुहाए
कहिल्यै आमा बन्दिन

छोरो
बिबाह गरेपछी
आमालाई दुर्दुर गर्छ

कोरोना
मृत्युको लहर
ईश्वरको मौन ब्रत

श्रीराम
युग पुरुष
आफ्नै मनको अग्निपरिक्षा

ईश्वर
अन्तर मनमा
बाहिर खोजेर भेटिन्न

माछापुछ्रे
फेवातालमा छाया
स्वर्ग धर्तिमा प्रतिबिम्बित

नेपाल
जननी भुमी
प्राण भन्दा प्यारो

ईश्वर
बाबा आमा
बुझ र चिन

प्रकृती
बिनास बिकृती
रुख रोपौ सस्कृती

वातावरण
स्वच्छ रहे
स्वस्थ हाम्रा सन्तती

आनन्द
कसैले दिदैन
सन्तोष मान्नु पर्छ

तराजु
पैसा मित्र
बुद्धी विवेक तिम्रो

शालिग्राम
बगरको ढुङ्गा
साक्षात बिष्णु भगवान

सुख
बोटमा फल्दैन
कर्म गर्नु पर्छ

दान
अन्न बिद्या
उत्कृष्ट बिद्या दान

मानिस
मनलाई मनाउनु
आत्मा जगाउनु सफलता

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।