मान्छे मान्छे नै हो : पवनकुमार बुढाथोकी (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असार १२ ।
मान्छे मान्छे नै हो, कसैको होइन
मान्छे हुनु नै सबैको हुनु हो !
त्यसैले मान्छे भए पछि
मान्छेकै व्यबहार गर्नु पर्छ !
मान्छे भनेको त
आफैमा निरपेक्ष हो !
न कसैसित टाँसिन्छ
न कसैसँग गाँसिन्छ !
कसैको ठेकेदार बनि
संबन्धको माला नगाँस
स्वार्थकै लागि
अरुलाई भुवरीमा नझोस !
सत्य, न्याय र ज्ञानको दियो जलाउ
झुठा, आडम्बर र लोभमा नभुलाउ !
खबरदार !
कसैलाई आफ्नो नबनाउ
न त कसैलाई अर्काको नै भनाउ !
तिम्रा वाद, तिम्रा सिद्धान्त तिमी सङैग राख
स्वार्थ र पापको लागि केहिको बैसाखी नटेक !
मान्छे हौ साच्चै नै भने
मान्छे नै भएर आउ !
कुनै जाल र चक्र नरचि
स्वार्थ हिन भएर आउ !
स्वार्थै स्वार्थको हतियारले चोइटिएको
हृदयलाई निको पार्ने
मानबता रुपि मलम लगाउ !
कसैलाई धरौटी राखेर
आफू र आफ्नालाइ मात्र नबनाउ
मान्छे भित्र लुकेको नेता नै त पर्यौ
अरु बढी नगनाउ !
मान्छेकै आडमा उठेर
मान्छेलाइ कुल्चेर
मान्छेलाइनै ताकेर
मान्छेको हृदय भित्रको
मान्छेनै मर्ने गरि पनि
गोलि नचलाउ !
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक