गीत : जनार्दन अधिकारी धड्कन
कपन अनलाइन
काठमाण्डौ ,असार १२ ।
स्वार्थ फुलाइ मनमा, बनिछौ विश्वास घाती
अनगिन्ती कोल्टो फेर्छु, निन्द्रा नपरी राती ।
मौनताको पोखरी बाँध, भत्काई बगाइ दिंदा
प्रस्ताव पट्याएकोथें, विश्वास जगाइ दिंदा ।
बाचा, कसम खाएथें, आजन्म जीवन साथी
स्वार्थ फुलाइ मनमा, बनिछौ विश्वास घाती
प्रेमको मूल्य छैन धनमा नजोख्नु भन्थ्यौ
दुनियाछ स्वार्थी झट्ट, विश्वास नपोख्नु भन्थ्यौ
घृणा भरेर मनमा, बहिर सँधैको जाती
स्वार्थ फुलाइ मनमा, बनिछौ विश्वास घाती
अनगिन्ती कोल्टो फेर्छु, निन्द्रा नपरी राती ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।