बुढानिलकण्ठ-११ लाई विकसित र नमुना वडा बनाउने अभियानमा वडा अध्यक्ष राजु अधिकारी
कपन अनलाइन
काठमाण्डौ ,असार ६।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा भौतिक पूर्वाधार विकासको काम निकै द्रुत गतिमा अगाडी बढेको छ। ठुलो क्षेत्रफल र भौगोलिक विविधता रहेको यस वडामा पूर्वाधार विकास र अन्य सामाजिक,सांस्कृतिक र रचनात्मक विकासलाई संग संगै अगाडी बढाईएको छ।
वडा नं ११ लाई सुविधा सम्पन्न र बिकसित वडा बनाउनका लागि निकै सक्रिय रुपमा लागिरहेका छन वडा अध्यक्ष राजु अधिकारी। पहिलो चरणमा पूर्वाधार विकासलाई जोड दिएका अध्यक्ष अधिकारीले त्यो संगै अन्य योजना तथा कार्यक्रमहरुलाई पनि प्राथमिकतामा राखेका छन।
वडा नं ११ लाई पूर्वाधार विकासमा अग्रणी वडा बनाउने क्रममा अहिले आनी गुम्बा -चुनिखेल सडक ,कृष्ण मन्दिर -जगडोल सडक ,खरिबोट -पैयाटार सडक , धोवीखोला कोरिडोर सडक जस्ता ठुला सडक योजना निर्माणको अन्तिम चरणमा पुगेका छन भने सयौ भित्रि सडक र गल्लिहरुको निर्माण पनि द्रुत गतिमा अगाडी बढेको छ।
त्यस्तै वडा नं ११ मा खेलकुद र युवाहरुको विकासका लागि कभर्ड हल निर्माण, सामुदायिक भवन निर्माण, सांस्कृतिक र धार्मिक विकासका लागि गुम्बा निर्माण जस्ता कामहरुलाई प्राथमिकतामा राखेको वडाले फरक काम गर्ने क्रममा वडा वासीलाई तामाङ भाषाको प्रशिक्षण पनि दिएको छ।
त्यस्तै वडा नं ११ मा रहेको सामुदायिक बनको संरक्षणमा निकै महत्वपूर्ण कदम चालेका वडा अध्यक्ष अधिकारीले वडाका तिन सामुदायिक विद्यालय सुधारका लागि पनि विशेष बजेट र कार्यक्रम बनाएर लागु गरेका छन।
वडाको जगडोल क्षेत्रलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न झन्डा पार्कलाई नगर स्तरीय बजेट व्यवस्थापन गर्न सफल बनेका अध्यक्ष अधिकारीले सार्वजनिक जग्गा संरक्षण र उपयोगलाई पनि विशेष योजना बनाएर कामलाई अगाडी बढाएका छन।
वडाको तल्लो भेगमा रहेको डुवान समस्या समाधानका लागि दिन रात सक्रिय रहेका वडा अध्यक्ष अधिकारीले महिला ,युवा ,जेष्ठ नागरिक र वडावासीहरुको क्षेमता विकासका लागि पनि विभिन्न योजनाहरुलाई कार्यान्वयन गरेका छन।
खानेपानीको समस्या समाधानका लागि विभिन्न स्थानमा डिप बोरिङ्ग संचालन गरिरहेको वडा नं ११ मा भएका कामहरुलाई पारदर्शी बनाउनका लागि पटक पटक सार्वजनिक सुनुवाई पनि गरिएको छ।
निर्वाचित बनेर २०७४ शाल जेष्ठ १० गते सपथ खाए संगै वडा नं ११ लाई नमुना वडा बनाउने घोषणा गरेका अध्यक्ष अधिकारी वडामा संघीय ,प्रदेस र स्थानीय सरकार बाट ठुलो बजेट ल्याउन सफल भएका छन।