टोखा नगरपालिकाका कृषकहरुलाइ हाते ट्रयाक्टर प्रदान
कपन अनलाइन
काठमाडौं असार २ ।टोखा नगरपालिकाले कृषकलाइ हाते ट्रयाक्टर प्रदान गरेको छ। परम्परागत कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन ५० प्रतिशत अनुदानमा कृषकलाई हाते ट्रयाक्टर प्रदान गरेको हो। नगरपालिकाको वडा नं १का कृषकहरुलाई ५ वटा त्यसै गरि वडा नं २ का कृषकलाइ ५ वटा र वडा नं ३ का १ का एक जना कृषक गरि कुल ११ वटा हाते ट्रयाक्टर नगर उपप्रमुख ज्ञान माया डंगोल र टोखा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सिहं राज श्रेष्ठको उपस्थितिमा कृषकहरुलाई प्रदान गरिएको छ ।
श्रम र समयको बचत, सिमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् । टोखा नगरपालिका कृषिमा आधुनिकीकरणतर्फ अगाडि बढाउन ५० प्रतिशत अनुदानमा कृषि शाखा मार्फत हाते ट्याक्टर बितरण गरेको उपप्रमुख ज्ञान माया डंगोलले जानकारी गराइन । ५० प्रतिशत सहुलियत अनुदानमा ट्याक्टर पाएपछि कृषकहरु हर्षित भएका छन ।