कागेश्वरीको मुलपानी नगर अस्पताललाई शक्ति समूहको स्वास्थ्य सामाग्री सहयोग
कपन अनलाइन
काठमाडौं,जेठ २९ । कागेश्वरी मनोहरा नगरपालिकाले वडा नम्बर ६ मा संचालन गरेको मुलपानी नगर अस्पताललाई शक्ति समूहले स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ ।कागेश्वरी मनोहरा नगरपालिका वडा नं.५ मा रहेको शक्ति समूहका प्रतिनिधिले शुक्रबार नगर प्रमुख कृष्णहरि थापालाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन ।
नेपालमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण देखिएसँगै संक्रमितको उपचारमा सहज होस् भनेर स्वास्थ्य सामग्री प्रदान गरेको संस्थाले जनाएको छ । संस्थाले मास्क ग्लोब्स स्यानिटाईजर पी पी पी , थर्मोमिटर, अक्सिमिटर, लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।सामग्री बुझ्दै नगर प्रमुख कृष्णहरि थापाले कोरोनाको विषम परिस्थितिमा गरेको सहयोगको लागि धन्यवाद दिएका थिए। उनले प्राप्त स्वास्थ्य सामग्री कोरोना रोकथाम ,नियन्त्रणका साथै संक्रमितको उपचारमा सहयोगी हुने बिश्वास ब्यक्त गरेका छन।