नागार्जुनको खोप अनुगमनमा उप प्रमुख सुशिला अधिकारी,नजिकको केन्द्रबाट खोप लगाउन लक्षित समूहलाई अनुरोध

नागार्जुनको खोप अनुगमनमा उप प्रमुख सुशिला अधिकारी,नजिकको केन्द्रबाट खोप लगाउन लक्षित समूहलाई अनुरोध

कपन अनलाइन

काठमाडौं जेठ २६। सरकारले कोभिड–१९ विरुद्धको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा  मंगलबार देखि लगाउन सुरु  गरेको छ ।चीनबाट अनुदानमा प्राप्त भेरोसिल खोप उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ६० देखि ६४ वर्ष र उपत्यकाबाहिरको हकमा ६२ देखि ६४ वर्ष उमेर समूहका मानिसहरुलाई पहिलो मात्रा लगाउन लगाउन शुरु गरेको हो।

जेठ २५ गते बुधबार  देखि २९ जेठसम्म चल्ने सो  अभियान अन्तर्गत  नागार्जुन नगरपालिकाले पनि  चार  वटा खोप केन्द्र( नाम्ग्याल स्कुल वडा नं २, इलाईट मेमोरियल बोर्डिंग स्कुल पुरानो एस.एस बि वडा नं ५  ,रत्नराज्य मा बी  वडा नं ७, स्यूचाटार स्वास्थ्य चौकी वडा नं १०)  लाइ खोप केन्द्र  तोकेको छ ।जहाँ सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरि सुरक्षित तवर बाट बिहान १० बजे  देखि अपरान्ह ४ बजे सम्म  खोप  लगाईएको छ।

खोप कार्यक्रम सुरु भएपछि केन्द्रहरुमा खोप लिन आउने सेवाग्राही र खोप दिने स्वास्थ्यकर्मी तथा कर्मचारी र स्वयमसेवकहरुको कुरा सुन्न  र खोप कार्यक्रमको अनुगमनको लागि नगर उप प्रमुख सुशिला अधिकारी सहितको टोलि नगरपालिकाका विभिन्न खोप केन्द्रहरुमा पुगेकी थिइन् । अनुगमन पश्चात कपन अनलाइन संग संक्षिप्त कुरा गर्दै उप प्रमुख अधिकारीले  केन्द्रहरुको व्यवस्थापन राम्रो भएको, सेवाग्राहीले सुरक्षित सेवा पाएको अनुभूति गरेको प्रतिक्रिया दिएकी छिन । उनले लक्षित समूहलाइ नजिकका खोप केन्द्र बाट खोप सेवा लिन समेत अनुरोध गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले  बिभिन्न कार्यक्रम गर्दै आएको र सो नियन्त्रणको लागि नगरपालिका संग संगै स्थानियले पनि  जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न  पर्ने भन्दै सो काममा पनि सहयोग गर्न अनुरोध गरेकी छिन  ।

तपाइँको प्रतिक्रिया ।