नेकपा एमाले काठमाण्डौका अध्यक्ष कृष्ण राईको मन्त्रि बन्ने सम्भावना
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २३ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझसम्म मन्त्रिपरिषद विस्तार गर्ने गरी छलफल थालेका छन् । प्रधानमन्त्री ओली मातहातमा रहेको मन्त्रालयहरुमा एमालेबाटै मन्त्री बनाउने तयारी थालिएको हो।
मन्त्रि मण्डल विस्तारको क्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला अध्यक्ष कृष्ण राई पनि मन्त्रि बन्ने चर्चा चलेको छ। काठमाण्डौ क्षेत्र नं ३ बाट विगठित प्रतिनिधि सभाको सदस्यमा निर्वाचित बनेका राईले आगामी मन्त्रि मण्डलमा कृषि वा अन्य कुनै मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना बढेको उनि निकट श्रोतले जानकारी दिएको छ।
नेकपामा विवाद देखिएको समयमा काठमाण्डौ जिल्लाको बहुमत भन्दा बढी पार्टी सदस्य र जनप्रतिनिधिहरुलाई प्रधानमन्त्री केपी ओलीको पक्षमा पार्न निकै महत्वपूर्ण नेतृत्वदायी भूमिका खेलेका राई आन्तरिक भागबन्डा र सन्तुलन मिलाउने प्रयासमा सम्झौता गर्नु नपरे यस पटक मन्त्रि बन्ने उनि निकट श्रोतको दावी रहेको छ।