बुढानिलकण्ठ नगरपालिकाका थप ४४ जनामा कोरोना संक्रमण पुष्टि
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २१।
बुढानिलकण्ठ नगरपालिकाका थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएका संक्रमित सहित नगरपालिकामा कुल संक्रमित संख्या २,१२५ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा नगरपालिकाका १६१ जनाको कोभिड १९ एन्टिजेन परिक्षण गरिएको छ जसमा ८१ महिला र ८० जना पुरुष रहेका छन्। परिक्षण गरिएका मध्ये ५ जना महिला र ४ जना पुरुषको नतिजा पोजिटिभ देखिएको छ। हालसम्म नगरपालिकामा २,१२५ जनाको एन्टिजेन परिक्षण भइसकेका छन् जसमध्ये ४५५ जनाको नतिजा पोजिटिभ रहेको छ।
वडागत विवरण :
वडा नं १ : दुईजना महिला र एक पुरुष
वडा नं २: एक महिला र दुईजना पुरुष
वडा नं ३: दुईजना पुरुष
वडा नं ४: एक महिला र दुईजना पुरुष
वडा नं ५: एक महिला
वडा नं ६: एक महिला र दुईजना पुरुष
वडा नं ७: एक महिला र एक पुरुष
वडा नं ८: एक महिला रपाँचजना पुरुष
वडा नं ९: एक महिला र चारजना पुरुष
वडा नं १०: पाँचजना पुरुष
वडा नं ११: चारजना महिला र दुईजना पुरुष
वडा नं १२ : दुईजना महिला र तीनजना पुरुष