टोखा चण्डेश्वरी आइसोलेशन केन्द्रलाई नेपाल रेडक्रस सोसाइटीको स्वास्थ्य सामाग्री सहयोग

टोखा चण्डेश्वरी आइसोलेशन केन्द्रलाई नेपाल रेडक्रस सोसाइटीको स्वास्थ्य सामाग्री सहयोग

कपन अनलाइन

काठमाडौं जेठ २१। टोखा नगरपालिकाले सञ्चालन गरेको  टोखा चण्डेश्वरी आइसोलेशन केन्द्रलाई नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । रेडक्रसका प्रतिनिधिले स्वास्थ्य सामाग्री टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोललाई हस्तान्तरण गरेका थिए । नेपालमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण देखिएसँगै  संक्रमितको उपचारमा सहज होस्  भनेर  स्वास्थ्य सामग्री प्रदान  गरेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।

सामग्री बुझ्दै नगर  उप प्रमुख डंगोलले विषम परिस्थितिमा गरेको सहयोगको लागि धन्यवाद दिएकी छिन  ।उनले  कोरोना भाइरस को महामारीको बेलामा  समस्यामा परेका व्यक्तिलाई सहयोग गर्नु सबैको दायित्व हुने  भन्दै प्राप्त स्वास्थ्य सामग्रीले  कोरोना संक्रमितको उपचार गर्न र कोरोना रोकथामको लागि  सहज हुने  बिश्वास ब्यक्त गरेकी थिइन।

 

तपाइँको प्रतिक्रिया ।