कोरोना संक्रमितको घरदैलोमा पुगि स्वास्थ्य अवस्था संगै हौसला बढाउदै दक्षिणकालिका जन प्रतिनिधि
कपन अनलाइन
काठमाडौं, जेठ २१। दक्षिणकाली नगरपालिकामा कोरोना भाइरस संक्रमितको हौसला बढाउन घर दैलो अभियान शुरु गरिएको छ ।नगर प्रमुख उप प्रमुख सहित चिकित्सक-स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका लगायत जनप्रतिनिधिहरुले कोविड १९ संक्रमित ब्याक्तीहरुलाई सामाजिक दुरि कायम गरि घरदैलोमा पुगेर स्वास्थ्य सामाग्री संगै स्वास्थ्य अवस्था बारे जानकारी लिई चिकित्सकीय परामर्श दिएर संक्रमित ब्याक्तीहरुलाई स्वास्थ्यको कामना सहित हौसला प्रदान गरिएको नगर उप प्रमुख बसन्ती डंगोल तामाङले कपन अनलाइनलाइ जानकारी गराइन ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस बाट नगरबासीलाई सुरक्षित राख्न विभिन्न कार्यक्रम गर्दै आएको नगरपालिकाले ३० सैया रहेको कोभिड-१९ आइसोलेसन सेन्टर मार्फत निःशुल्क आइसोलेसन सेवा मात्र नभई नि:शुल्क खाना, निःशुल्क औषधि, नि:शुल्क अक्सिजन, निःशुल्क ल्याब र एक्सरे सेवा, निःशुल्क चिकित्सकीय परामर्श र निःशुल्क सवारीसाधन सेवा पनि दिईरहेको छ।
साथै दक्षिणकाली नगरपालिकाले १ जना चिकित्सक र ४ जना नर्सिङ स्टाफ नियुक्ति गरि हाल ३ जना चिकित्सक र १२ जना नर्सिङ स्टाफहरु बाट सेवा प्रदान गरिरहेको उनले जानकारी गराइन ।निषेधाज्ञाको समयमा अनावश्यक आवतजावत नगर्न, सुरक्षितसाथ घरमै बस्न उप प्रमुख बसन्ती डंगोल तामाङले नगरवासी समक्ष अनुरोध गरेकी छिन ।उनले सामाजिक र भौतिक दूरी कायम गरि अनिवार्य रुपमा सही तरिकाले मास्कको प्रयोग गर्न अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न नगरबासीहरुलाई अनुरोध गरेकी छिन ।