पाैष्टिक आहारा सहित संक्रमितको घर घरमा चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसी
कपन अनलाइन
काठमाण्डौ , जेष्ठ २०।
चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले गाउँपालिका भित्रका संक्रमितहरुलाई घर घरमा पुगेर पाैष्टिक आहारा सहित स्वास्थ्य सामाग्री सहयोगको अभियान शुरु गरेका छन।
गाउँ कार्यपालिकाको बैठकले आइसोलेसन र भेन्टिलेटरको सुविधा सहित उपचार गर्नुपर्ने विरामीहरुका लागि ३० हजार आर्थिक सहयोग गर्ने निर्णय पश्चात अध्यक्ष केसीले संक्रमितहरुको मनोवल बढाउन प्रत्यक्ष भेटघाट शुरु गरेका छन।
त्यस्तै गाउँपालिकाको कार्यपालिका बैठकले स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई ७५ प्रतिसत भत्ता थप गर्ने र कार्यक्षेत्रमा सक्रिय रहेको अवस्थामा संक्रमणका कारण मृत्यु हुने स्वास्थ्यकर्मी ,कर्मचारी ,जनप्रतिनिधिहरुका परिवारलाई १० लाख आर्थिक सहायता गर्ने निर्णय गरेको छ।
बैठकका निर्णयहरु :
तपाइँको प्रतिक्रिया ।