हाप्सा नेपालले शंखरापुर नगरपालिकालाई होम आइसोलेशन किट प्रदान गर्यो
कपन अनलाइन
काठमाडौं जेठ १५। शंखरापुर नगरपालिकामा कोरोना संक्रमित भईघरमा आइसोलेशनमा बसेका संक्रमितहरुको सहयोगका लागि हाप्सा नेपालले अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ ।घरमै आइसोलेशनमा बसेका संक्रमितहरुलाई आफ्नो स्वास्थ्य अवस्था थाहा पाउन तथा आइसोलेशन बसाईलाई सहज बनाउनका लागि अत्यावश्यक सामग्रीसहितको होम आइसोलेशन किट शुक्रबार नगर प्रमुख सुवर्ण श्रेष्ठलाइ हस्तान्तरण गरेको हो।हाप्सा नेपाल मार्फत कोभिड–१९ विरुद्धको अभियान सक्रिय रहेका डा. खरेलसहितको टोलीले शुक्रबार काठमाडौँको शङ्खरापुर नगरपालिकालाई ६८ वटा होम आइसोलेशन किट प्रदान गरेको छ । उक्त कार्यक्रममा नगर उप प्रमुख शुक्रलक्ष्मी श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।
सामग्री बुझ्दै शङ्खरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले संस्थालाई धन्यबाद दिदै कोरोना भाइरसविरुद्धको अभियानमा प्राप्त सामग्री महत्वपूर्ण हुने बताएका थिए ।किटमा पल्स अक्सिमिटर, थर्ममिटर, कम्तीमा २५ वटा सर्जिकल मास्क, आधारभूत औषधि तथा भिटामिनहरु, स्यानिटाइजर र साबुन तथा घरमा आइसोलेशनमा बस्दा के गर्ने के नगर्ने भन्ने जानकारी रहेको ब्रोसर रहेको छ ।कोरोना भाइरसबाट संक्रमित भएका मध्ये ८० प्रतिशतको व्यवस्थापन घर वा संस्थागत आइसोलेशन सेन्टरमा हुने गरेको छ । सो प्रक्रिया सहज होस् भनेर आफूहरुले होम आइसोलेशन किट सहयोग गर्न थालेको हाप्सा नेपालले जनाएको छ ।किटमा रहेको पल्स अक्सिमिटर संक्रमण निको भएपछि स्थानीय बासिन्दाले पालिकामा फिर्ता गर्नु पर्ने हुन्छ । ती पल्स अक्सिमिटरहरु त्यसपछि स्थानीय स्वास्थ्य संस्थामा वितरण गरिने हाप्सा नेपालले जनाएको छ ।