शंखरापुर नगरपालिकामा हाल सम्म १५७ जनाले कोरोना जिते
कपन अनलाइन
काठमाडौँ, जेठ १५ । शंखरापुर नगरपालिकामा चैत्र २५ गते देखि जेठ १४ गते सम्ममा १४० जना महिला र १७६ जना पुरुष गरि कुल ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको जन स्वास्थ्य प्रवर्दन उप शाखा शंखरापुर नगरपालिकाले जनाएको छ। कुल संक्रमित मध्ये ५८ जना महिला र ८८जना पुरुष गरि १४६ जना सक्रिय संक्रमित रहेको जानकारी गराएको छ।हाल सम्म नगरपालिकामा ७ जना पुरुष र ६ जना महिला गरि १३जनाको कोरोनाको कारण मृत्यु भएको छ भने ७३ जना महिला र ८१ जना पुरुष गरि १५७ जनाले कोरोना जितेको उल्लेख गरिएको छ। हाल सम्म ५३ जना महिला र ७७ जना पुरुष गरि कुल १३३ जना होम आइसोलेसनमा रहेका छन भने २ जना महिला र ११ जना पुरुष गरि कुल १३ जना अस्पतालमा रहेको पनि जानकारी गराइएको छ।
शंखरापुर नगरपालिकाका कुन वडामा कति संक्रमित?
वडा नं १ मा ७ महिला र १७पुरुष गरि कुल २४ जना
वडा नं २ मा ९ महिला र ११ पुरुष गरि कुल २० जना
वडा नं३ मा १४ जना महिला र २४ जना पुरुष गरि कुल ३८जना
वडा नं ४ मा १३ जना महिला र १२ जना पुरुष गरि कुल २५ जना
वडा नं ५ मा ९ जना महिला र १२ जना पुरुष गरि कुल २१ जना
वडा नं ६ मा ३७ जना महिला र २८ जना पुरुष गरि कुल ६५ जना
वडा नं ७ मा १८ जना महिला र २३जना पुरुष गरि कुल ४१जना
वडा नं ८ मा १० जना महिला र १५ जना पुरुष गरि कुल २५ जना
वडा नं ९ मा १४ जना महिला र २३ जना पुरुष गरि कुल ३७ जना त्यसै गरि अन्यमा ९ जना महिला र ११ जना पुरुष गरि कुल २० जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ।सबै भन्दा बढी संक्रमित वडा नं ६ मा देखिएको छ, जहाँ हाल सम्म ६५ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।
कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगर प्रमुख सुवर्ण श्रेष्ठले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेका हुन।