नागार्जुन नगरपालिकाका यी थप स्थानमा कोरोना परिक्षण हुने
कपन अनलाइन
काठमाडौं जेठ १४। नागार्जुन नगरपालिकाले एन्टीजेन र पिसी आर परिक्षणको स्थान थप गरिएको बारे सार्वजनिक सुचना जारि गरेको छ ।नगर प्रमुख मोहन बस्नेतले जारि गरेको उक्त सुचनामा विश्व भर तिब्र गतिमा फैलिएको कोभिड १९ संक्रमण नागार्जुन नगरपालिकामा समेत दिनहु संक्रमित थपिदै गइ रहेको र कोभिद १९ संक्रमण नियन्त्रण तथा रोकथामको लागि परिक्षणको दायरा बढाउन नगरबासीहरुले गरेको अनुरोधलाइ मध्य नजर गर्दै हाल वडा नं ४ को सितापाइला माबी मा बिहान ८ बजे देखि बिहान ११ बजे सम्म एन्टीजेन र पी सी आर परिक्षण गरिदै आएको मा निम्न स्थानमा पनि परिक्षण थप गरेको सार्वजनिक सुचना मार्फत जानकारी गराएको छ।
१ ) प्रत्येक हप्ताको आइतबार सितापाइला माबी वडा नं १ बिहान ८ बजे देखि बिहान ११ बजे सम्म
२) प्रत्येक हप्ताको सोमबार स्युचाटार स्वास्थ्य चौकी वडा नं १० बिहान ११:३० देखि अपरान्ह ३ बजे सम्म
३) प्रत्येक हप्ताको बुधबार सीताराम माबी वडा नं ५) रामकोट बिहान ११ :३० बजे देखि अपरान्ह ३ बजे सम्म
४ ) प्रत्येक हप्ताको शुक्रबार सीता बाल बिकास आधारभूत बिध्यालय वडा नं ३ गैरीगाउमा बिहान ११: बजे देखि अपरान्ह ३ बजे सम्म परिक्षण हुने जानकारी गराइएको छ ।