पछिल्लो २४ घण्टामा कीर्तिपुर नगरपालिकामा थप ६१ जनामा कोरोना संक्रमण
कपन अनलाइन
काठमाडौं, जेठ २४ । पछिल्लो २४ घण्टामा कीर्तिपुर नगरपालिकामा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ । गत २४ घण्टामा नगरपालिकामा १४४जनाको कोरोना परिक्षण गर्दा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो यो संगै नगरपालिकाका ३९३जना पुरुष र ३९८ जना महिला गरि कुल ७९१जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित मध्ये ७३६ जना होम आइसोलेसनमा रहेको र अस्पतालको आइसोलेसनमा २८ जना रहेको जनाएको छ । त्यसैगरि हाल सम्म नगरपालिकाका ३३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी गराएको छ ।
संक्रमित विरामीको संख्या प्रत्येक वडाको यस प्रकार रहेको छ ।
कीर्तिपुर नगरपालिका वडा नं १ मा ६५ जना
वडा नं २ मा १०० जना
वडा नं ३ मा ६७ जना
वडा नं ४ मा ८१ जना
वडा नं ५ मा १०९ जना
वडा नं ६मा ६८ जना
वडा नं ७ मा ६३जना
वडा नं ८ मा ४५ जना
वडा नं ९ मा ९९जना
र वडा नं १० मा ९४ जना गरि कुल संक्रमित ७९१ जना भएको जनाएको छ। कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगरपालिकाले अनुरोध गरेको छ । सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न समेत अनुरोध गरिएको छ ।