ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको निधन

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १४।

व्यवसायिक रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ । कोरोना संक्रमणका कारण गम्भीर अवस्थामा विराटनगरमा उपचार गराइरहेका अध्यक्ष न्यौपानेको ४७ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

डेढ सातादेखि स्वास्थ्य अवस्था गम्भीर बनेपछि उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । पूर्वको सबैभन्दा ठूलो रेडियो सप्तकोशी एफएमको स्टेशन म्यानेजर न्यौपाने  नेकपा एमाले केन्द्रीय प्रचार विभाग सदस्य तथा विज्ञापन बोर्डका सदस्य हुनुहुन्थ्यो ।

झापाको गौरादह स्थायी निवासी न्यौपाने न्यौपाने प्रेस चौतारी नेपालका सल्लाहकार समेत रहेका थिए  ।

तपाइँको प्रतिक्रिया ।