गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या १९ सय ५० पुग्यो, कुन वडामा कति संक्रमित ?

गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या १९ सय ५० पुग्यो, कुन वडामा कति संक्रमित ?

कपन अनलाइन

काठमाडौँ, जेठ १४ । गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ १३ गते सम्ममा १०४२  जना पुरुष र ९०८   जना महिला गरि कुल १९सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।

गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति  कोरोना संक्रमित ?

गोकर्णेश्वर नगरपालिका वडा नं १ मा ३५ जना पुरुष र २७ जना महिला गरि कुल ६२ जना

वडा नं २ मा ३८ जना पुरुष र ३६ जना महिला गरि कुल ७४ जना

वडा नं३ मा ५३ जना पुरुष र ३६    जना महिला गरि कुल ८९  जना

वडा नं ४ मा १५८  जना पुरुष र १४२ जना महिला गरि कुल ३०० जना

वडा  नं ५ मा  १९० जना पुरुष र  १४६   जना महिला गरि ३३६ जना

वडा नं ६ मा २४४ जना पुरुष र २०८ जना महिला गरि ४५२ जना

वडा नं ७ मा ७३ जना पुरुष र ७४ जना महिला गरि कुल १४७ जना

वडा नं  ८ मा २०० जना पुरुष र १८६  जना महिला गरि कुल ३८६ जना

वडा नं ९ मा ५१ जना पुरुष र ५३ जना महिला गरि कुल १०४  जना संक्रमित   रहेको जनाएको छ।

हाल सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा सबै भन्दा बढी ४५२ जनामा कोरोना संक्रमित भेटिएको छ।

कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।