कागेश्वरी मनोहरा नगरपालिकामा जेठ ९ गते थप १२४ जनामा कोरोना संक्रमण पुष्टि

कागेश्वरी मनोहरा नगरपालिकामा जेठ ९ गते थप  १२४ जनामा कोरोना संक्रमण पुष्टि

कपन अनलाइन 

काठमाडौं, जेठ १०। कागेश्वरी मनोहरा नगरपालिकामा जेठ ९ गते थप  १२४ जनामा संक्रमण पुष्टि भएसँगै नगरपालिकामा कोरोना संक्रमितको संख्या १२८७  जना पुगेको नगर प्रमुख कृष्णहरी थापाले जानकारी दिएका छन ।दोस्रो कोरोना भेरिएण्टबाट २०७७ चैत्र १९ गते देखि २०७८ जेठ ९ गते सम्ममा १२८७  जनामा सक्रमण पुष्टि भएको र त्यस मध्ये ३२१ जनाले कोरोनालाइ जितेको जानकारी गराएका छन्   ।उनले कुल संक्रमित मध्ये ८२६ जना सक्रिय संक्रमित रहेको जानकारी गराउदै  हाल  सम्म नगरपालिकाका ३६ जनाको कोरोनाको कारण मृत्यु भएको पनि जानकारी गराएका छन । नगरपालिकामा कोरोना संक्रमण दर दिनप्रतिदिन भयावह बन्दै गएको भन्दै निषेधाज्ञाको समयमा अनावश्यक आवतजावत नगर्न, सुरक्षितसाथ घरमै बस्न थापाले नगरवासी समक्ष अनुरोध गरेका छन् ।उनले सामाजिक र भौतिक दूरी कायम गरि  अनिवार्य रुपमा सही तरिकाले  मास्कको  प्रयोग  गर्न  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न नगरबासीहरुलाई   अनुरोध गरेका छन  ।

कागेश्वरी मनोहरा नगरपालिकाका कुन वडा मा कति संक्रमित ?

१- कागेश्वरी मनोहरा वडा नं. १ मा पुरूष – १४ जना महिला – १० जना ।

२ – कागेश्वरी मनोहरा वडा नं. २ मा पुरूष – १६ जना महिला – ७ जना ।

३ – कागेश्वरी मनोहरा वडा नं. ३ मा पुरूष – १३ जना महिला – १० जना ।

४ – कागेश्वरी मनोहरा वडा नं. ४ मा पुरूष – २९ जना महिला – १८ जना ।

५ – कागेश्वरी मनोहरा वडा नं. ५ मा पुरूष- ४२ जना महिला- ६२ जना ।

६ – कागेश्वरी मनोहरा वडा नं. ६ मा पुरूष- १०१ जना महिला- ७० जना ।

७ – कागेश्वरी मनोहरा वडा नं. ७ मा पुरूष- १०६ जना महिला- ९३ जना ।

८- कागेश्वरी मनोहरा वडा नं. ८ मा पुरूष ६६ जना महिला ६१ जना ।

९ – कागेश्वरी मनोहरा वडा नं. ९ मा पुरूष २७९ जना महिला २९० जना रहेको त्यस मध्य सबै भन्दा धेरै कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ मा पुरूष २७९  जनापुरुष   र महिला  २९०   जना गरि  कुल ५६९  जनामा कोरोना पोजेटिभ देखीएको छ ।

तपाइँको प्रतिक्रिया ।