अनलाइन बुद्धिचाल प्रतियोगिताको उपाधि क्यान्डिडेट मास्टर विवेक थिङ्गलाई
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ९।
स्व. विष्णु बहादुर स्मृति अनलाइन भएको अनलाइन बुद्धिचाल प्रतियोगिताको उपाधि क्यान्डिडेट मास्टर विवेक थिङ्गले हात पारेका छन् । रसियामा अध्ययन रहेका विवेकले फाइनल चरणको खेलमा पूर्व नेपाल च्याम्पियन बद्रिलाल नेपालीसँग बराबरी खेलि ९ अंक सहित सो उपाधि जितेका हुन् ।
त्यस्तै समान साढे ९ अंक जोडे पनि प्रोग्रेसिभ अंकमा पछि परि बद्रीलाल नेपाली दोस्रो स्थानमा रहे । काभ्रेका फिडे मास्टर क्षितिज भण्डारीले एघारौं चरणको खेलमा भक्तपुरका बिक्रम चोकमि माथि सफलता हात पारि तेस्रो स्थान ओगटे । ललितपुर स्पोर्टस् क्लबको आयोजनामा भएको प्रतियोगितामा चौंथो र पाँचौं स्थानमा फिडे मास्टर मनिष हमाल, क्याण्डिडेट मास्टर मिलन लामा रहे भने झापाका राजन सुवेदी, भक्तपुरका निकेन कुस्था, चितवनका सुमित पन्त र काठमाण्डौंका मिसन दाहाल छैंठौं देखि स्थानमा रहन सफल भए ।
स्वीस लिग प्रणाली अनुसार एघारौं चरणसम्म भएको खेलमा महिलातर्पmको उपाधि वर्तमान नेपाल च्याम्पियन सुजना लोहनीले जित्न सफल भइन भने दोस्रोमा काठमाण्डौंका रिया श्रेष्ठ र तेस्रो कृपा अधिकारी जोशी भइन । १७०० मुनि रेटेडमा नुवाकोटका जमिल अलि १५०० मुनिमा रविन्द्र लामा र भेट्रानतर्पm पूर्व नेपाल च्याम्पियन पुण्यमान कर्माचार्य उत्कृष्ट ठहरिए ।
धादिङ जिल्ला बुद्धिचाल संघका अध्यक्ष विकास कार्कीका बुबा विष्णु बहादुर थापाको स्मृतिमा भएको प्रतियोगितामा ९७ जना खेलाडीहरुलाई नगद पुरस्कारको लागि धादिङका यति टाइल ब्रिकका मेनेजिङ डाइरेक्टर माधव गजुरेलले आर्थिक सहयोग गरेका थिए ।