गोकर्णेश्वर नगरपालिका द्वारा किसानलाई हाते मिनी ट्रेलर प्रदान

गोकर्णेश्वर नगरपालिका द्वारा किसानलाई हाते मिनी ट्रेलर प्रदान

कपन अनलाइन

काठमाडौं जेठ ८ । गोकर्णेश्वर नगरपालिकाका किसानलाई मिनी ट्रेलर प्रदान गरिएको छ । नगरपालिकाको कृषि बिकास शाखाको बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत  नगरपालिकाका वडा नं १ ,२ ३ र ४  मा किसानहरुको मागको आधारमा  १५ वटा  किसान समूहलाई एक/एक वटाको दरले ट्रेलर वितरण गरिएको हो ।

किसानहरुलाई आज  एक कार्यक्रमका बीच नगर प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ती नेपाल लगायतले उक्त सामग्री  प्रदान गरेका हुन। नगरपालिकाको  ५० प्रतिशत अनुदान र बाँकी किसान समूहले व्यहोर्नेगरी वितरण गरिएको नगरपालिका कृषि शाखा प्रमुख इन्दिरा खड्काले कपन अनलाइनलाइ जानकारी गराइन ।

 किसानलाई कृषि आधुनिकीकरणतर्फ आकर्षित गर्न र उत्पादन लागत घटाइ उत्पादन बढाउन किसान समूहलाई मिनी ट्रेलर हस्तान्तरण गरिएको  नगर प्रमुख सन्तोष चालिसेले जानकारी गराए   ।किसानहरुलाई कृषि पेशामा प्रेरित गर्न अनुदानमा कृषि उपकरण वितरण गरेको र   कृषि क्षेत्रमा आधुनिकीकरणसँगै प्रविधिको उच्च प्रयोग गर्न नगरपालिकाले योजना बनाइहेको समेत उनले जानकारी दिए  ।

उक्त सामग्री हस्तान्तरण गर्दै परम्परागत कृषि प्रणालीमा पविर्तनको खाँचो भएको बताउदै महामारीको विषम  परिस्थितिमा पनि स्वास्थ्य  सुरक्षा साबधानी अपनाउदै कृषि शाखा मार्फत कृषकहरुलाई ध्यानमा राखेर नगरपालिकाले  बिभिन्न कार्यक्रम गर्दै आएको र उक्त मिनी ट्रेलर वितरण पनि त्यसै मध्येको एक भएको बताए  ।

हाललाई १५ वटा मिनी ट्रेलर वितरण गरिएको भए पनि थप १६ वटा केहि दिनमा वितरण गरिने जानकारी गराइएको  थियो । कृषिमा उन्नत प्रविधिमार्फत् श्रम र लागत घटाइ उत्पादन बढाउन समय र कृषकको मागअनुसार मिनी टिलर वितरण गरेको  नगरपालिकाको कृषि शाखाले   जनाएको छ  । ५० प्रतिशत अनुदानमा  मिनी  ट्रेलर पाए पछि  कृषकहरुले खुसि ब्यक्त गरेका छन ।

तपाइँको प्रतिक्रिया ।