हाल सम्म गोकर्णेश्वर नगरपालिकाका ८७३जनाले कोरोना जिते, ३१ जना कोरोना संक्रमितको निधन

हाल सम्म  गोकर्णेश्वर नगरपालिकाका ८७३जनाले कोरोना जिते, ३१ जना कोरोना संक्रमितको निधन

कपन अनलाइन

काठमाडौं, जेठ ७। गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ ६ गते सम्ममा ७६४ जना पुरुष र ६२१   जना महिला गरि कुल १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ । कुल संक्रमित मध्ये  ४९९ जना पुरुष र  ३७४   जना महिला गरि कुल ८७३जनाले  कोरोना जितेका छन  ।हाल सम्म नगरपालिकाका  १८ जना पुरुष र १३ जना महिला गरि कुल ३१ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको जनाएको छ। त्यसै गरि हाल नगरपालिकामा २४७जना पुरुष र २३४ जना महिला गरि कुल ४८१ जना सक्रिय संक्रमित रहेको जानकारी गराएको  छ ।

हाल सम्म ७जना पुरुष र १३ जना महिला गरि कुल २० जना अस्पतालको आइसोलेसनमा रहेका छन् भने २३२ जना पुरुष र २१३ जना महिला गरि कुल ४४५ जना होम आइसोलेसनमा रहेको जानकारी गराएको छ  ।हाल सम्म नगरपालिकामा  ३४४  जना पुरुष र ४२६  जना महिला गरि कुल ७७० जनाको एन्टीजेन प्रबिधि मार्फत कोरोना परिक्षण गरिएको र उक्त परिक्षण गर्दा ५६ जना पुरुष र ८२ जना महिला गरि १३८ जनामा पोजेटिभ देखिएको जनाएको छ ।त्यसै गरि हाल सम्म नगरपालिकाले  १९८२ जना पुरुष र १८७१ जना महिला गरि कुल ३८५३ जनाको पी सी आर परिक्षण गरिएको जनाएको छ  ।

कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले  अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको  प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।