सांसद शेर बहादुर तामाङको पहलमा मेलम्ची नगरपालिकामा अक्सिजन प्लान्ट निर्माण हुने
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ७/सुशील सुवेदी
सिन्धुपाल्चोक जिल्ला संघीय निर्बाचन क्षेत्र नं २ का सांसद तथा पुर्व कानुन,न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तामाङको पहलमा मेलम्ची नगरपालिकामा अक्सिजन प्लान्ट निर्माण हुने भएको छ ।
पुर्बमन्त्री तामाङले स्थानिय पुर्बाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत मेलम्ची नगर पुर्बाधार बिशेष कार्यक्रम अन्तरगत बिनियोजित ३३ लाख २० हजार रुपैयाँलाई कार्यक्रम संसोधन गरि मेलम्चि नगरपालिकामा अक्सिजन प्लान्ट निर्माण गर्न बजेट व्यवस्थापन गरेका छन।
हाल बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड -१९ को दोश्रो भेरियन्टबाट दशिण एसियाका नेपाल ,भारत लगायत बिकाशशील राष्ट्रहरुमा अत्यन्त जोखिम बढेको र अस्पतालहरुमा अक्सिजन अभाब भएकोमा आफ्नो निर्बाचन क्षेत्रको प्रमुख नगरपालिकामा सो कार्यका लागि कार्यक्रम संसोधन मार्फत सो रकम बिनियोजन गरिएको र थप बजेटको लागि बिभिन्न निकायमा पहल भै रहेको माननीय तामाङले बताए।
नेकपा एमालेका केन्द्रीय सदस्य एबम केन्द्रिय कार्यालयका सचिब समेत रहेका सांसद तामाङले संकटपुर्ण घडिमा आफ्नो निर्वाचन क्षेत्रका बिभिन्न निकायहरुमा समन्वय गरि रहेनु भएको र मेलम्चिमा सो अक्सिजन प्लान्ट निर्माणको लागि नगरप्रमुख डम्बर अर्यालसंग समन्वय गर्ने र कार्यबिधि अनुसार तुरुन्त कार्यान्वयन गर्न प्रमुख प्रशासकीय अधिकृत कुमार कोईरालालाई आवस्यक निर्देशन समेत दिईएको उनका स्वकीय सचिब निर्मल बन्जाराले जानकारी दिएका छन ।
मेलम्चीमा अक्सिजन प्लान्ट निर्माण पश्चात मेलम्चि नगरपालिका,पांचपोखरी थाङपाल गाउंपालिका ,ईन्द्रावती गाउंपालिका र हेलम्बु गाउँपालिकाका बिरामीहरुले समेत आवस्यक स्वास्थ सेवा लिन सक्ने छन ।