कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उप प्रमुखको निधन
कपन अनलाइन
सप्तरी ,जेष्ठ ४।
सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणले मृत्यु भएको छ।
विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै आज मृत्यु भएको कञ्चनरुप नगरपालिकाका उत्तम आचार्यले जानकारी दिए।
दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई स्थानीय स्वास्थ्यचौकीमा भर्ना गरिएको थियो।
त्यसपछि एन्टिजेन परीक्षण गर्दा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए।
गर्भवतीसमेत रहेकी उनलाई १० दिनअघि अस्पताल भर्ना गरी आइसीयूमा राखिएको थियो।
तपाइँको प्रतिक्रिया ।