तारकेश्वर नगरपालिकाले २५ शैयाको अक्सिजन सहित आइसोलेसन सेन्टर सञ्चालनमा ल्यायो

तारकेश्वर नगरपालिकाले २५ शैयाको अक्सिजन सहित आइसोलेसन सेन्टर सञ्चालनमा ल्यायो

कपन अनलाइन

काठमाडौं, जेठ ४। तारकेश्वर नगरपालिका वडा नं १ साङ्ला स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा  २५ बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ ।तारकेश्वर नगरपालीकाले सञ्चालन गरेको उक्त आइशोलेसनको सोमबार नगर प्रमुख  रामेश्वर बोहराले उदघाटन गरेका हुन्  । आइसोलेसनको उदघाटन गदै बोहराले नगरबासीहरुको मनोबल बढाउनको लागि स्थानीयवासीहरुको समेत चाहनालाई सम्बोधन गदै आइसोलेसन सञ्चालनमा ल्याएको बताए । तारकेश्वरमा कोरेना संक्रमितको संख्या बढ्दै गएपछि अक्सीजनको अभावमा कोही पनि नागरिक मर्न नपरोस भन्ने उद्देश्यले अक्सीजन थेरापीसहितको आइसोलेशन बनाउन केही दिनदेखि खटिएका कारण आइसोलेशन तयार भएको जानकारी दिदै  नगर प्रमुखले  अहिले तत्कालका लागि २५ बेड भएपनि बिरामीको संख्या बढ्दै गएमा ५० बेडसम्म पुर्याउने नगरपालिकाको योजना रहेको पनि बताए  ।

 नगरपालिकाले अहिले तारकेश्वरमा २ वटा एम्बुलेन्सबाट निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ । नगरपालिकाले कोरोनाका जटिल बिरामीहरुका लागि ठूला अस्पतालहरुसँग सहकार्य गरिरहेको छ । बिरामीको अवस्था हेरेर कुन अस्पतालमा लैजाने हो, सुझाव दिनुका साथै अस्पताल मिलाउने कार्यमा लागिरहेको उनले जानकरी गराए।

कार्यक्रममा नगर उपप्रमुख भवानी डोटेल धितालले कोराना महामारी नियन्त्रणका लागि नगरपालिकाले पूर्वाधार विकासलाई अहिले थाती राखेर नगरबासीको स्वास्थ्य भन्दा ठूलो हाम्रो लागि केही होइन । हामीले जनताको सेवा गर्ने उद्देश्यले जननिर्वाचित जनप्रतिनिधि भएकाले जनताको स्वास्थ्य सुरक्षालाई मध्यनजर राखेर काम गरिरहेको जानकारी गराइन ।कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्सालले नगरपालिकाले आइसोलेशन सञ्चालनमा कुनै पनि कन्जुस्याई नगर्ने जानकारी गराए । आवश्यक सामान खरिदका लागि टेण्डर प्रक्रियाबाट अगाडी बढिसकेको र केही उपकरणहरु ल्याइसकेको बताउदै जनशक्ति व्यवस्थापनमा कुनै समस्या नभएको बताएका थिए  ।

कार्यक्रममा तारकेश्वर नगरपालिकाका  प्रमुख  रामेश्वर बोहोरा, उप प्रमुख  भवानी डोटेल धिताल प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाल लम्साल, वडा अध्यक्षहरु, अस्पतालका डाक्टर नहकुल पौडेल, नगर स्वास्थ्य केन्द्रका प्रमुख बिनोद कुमार शाह, प्राथमिक स्वास्थ्य केन्द्र साङला्को आइसोलेशन केन्द्रको खाद्यान्न व्यवस्थापन तथा भोजन उपसमितिका सदस्य जर्नादन अधिकारी लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

तारकेश्वर नगरपालिकाले होम आइसोलेसनमा बसेर कोरोना विरुद्ध लडिरहेकाहरुको स्वास्थ्य अवस्था हेरेर वडा कार्यालयले सिफारिस गरेपछि मात्र नगरपालिकाले तयार पारेका आइसोलेसनमा बस्न मिल्ने व्यवस्था गरेको छ । कमजोर आर्थिक अवस्था भएका र भाडामा एउटै कोठामा बस्नेहरुलाई आइशोलेसनमा प्राथमिकता दिइनेछ । कमजोर आर्थिक अवस्था र खान अभाव भएका बिरामीलाई अक्सीजनको आवश्यकता भएमा तत्काल नगरपालिकाको आइशोलेसनमा ल्याउन नगरपालिकाले अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।