कागेश्वरी मनोहरा नगरपालिकामा कोरोना संक्रमितको संख्या ९१५ पुग्यो, १४९ जनाले कोरोना जिते

कागेश्वरी मनोहरा नगरपालिकामा कोरोना संक्रमितको संख्या ९१५ पुग्यो, १४९ जनाले कोरोना जिते

कपन अनलाइन

काठमाडौं, जेठ ४। कागेश्वरी मनोहरा नगरपालिकामा पछिल्लो २४ घण्टामा ७९ जनामा संक्रमण पुष्टि भएसँगै नगरपालिकामा कोरोना संक्रमितको संख्या ९१५ जना पुगेको नगर प्रमुख कृष्णहरी थापाले जानकारी दिएका छन  ।  नगर प्रमुख थापाका अनुसार कागेश्वरी मनोहरा नगरपालिकाका १४९  जनाले कोरोना जितेर घर फर्किएको हुन् ।दोस्रो कोरोना भेरिएण्टबाट २०७७ चैत्र १९ गते देखि २०७८ जेठ ३ गते सम्ममा ९१५ जनामा सक्रमण पुष्टि भएको र त्यस मध्ये १४९ जनाले कोरोनालाइ जितेर घर फर्किएको  प्रमुख थापाले जानकारी गराए ।उनले कुल संक्रमित मध्ये ७४८ जना सक्रिय संक्रमित रहेको जानकारी गराउदै   हाल  सम्म नगरपालिकाका १८जनाको कोरोनाको कारण मृत्यु भएको पनि जानकारी गराएका छन ।नगरपालिकामा कोरोना संक्रमण दर दिनप्रतिदिन भयावह बन्दै गएको भन्दै निषेधाज्ञाको समयमा अनावश्यक आवतजावत नगर्न, सुरक्षितसाथ घरमै बस्न थापाले नगरवासी समक्ष अनुरोध गरेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिकाका कुन वडा मा कति संक्रमित ?


कागेश्वरी मनोहरा वडा नं. १ मा पुरूष – ९ जना  महिला – ५ जना  गरि १४ जना   ।

कागेश्वरी मनोहरा वडा नं. २ मा पुरूष – ११ जना महिला – ६ जना गरि १७ जना  ।

 कागेश्वरी मनोहरा वडा नं. ३ मा पुरूष – ७ जना महिला – ७ जना गरि १४ जना   ।

कागेश्वरी मनोहरा वडा नं. ४ मा पुरूष – १८ जना महिला – १२ जना गरि ३०जना ।

कागेश्वरी मनोहरा वडा नं. ५ मा पुरूष- ३० जना महिला- ३२ जना गरि ६२ जना  ।

कागेश्वरी मनोहरा वडा नं. ६ मा पुरूष- ७१ जना महिला- ४५ जना गरि ११६ जना ।

कागेश्वरी मनोहरा वडा नं. ७ मा पुरूष- ६७ जना महिला- ७२ जना  गरि १०९ जना ।

कागेश्वरी मनोहरा वडा नं. ८ मा पुरूष ४२ जना महिला ३६ जना गरि ७८ जना  ।

 कागेश्वरी मनोहरा वडा नं. ९ मा पुरूष २१८ जना महिला २२७ जना गरि ४४५ जना गरि कुल

९१५ जना संक्रमित रहेका छन। त्यस मध्य सबै भन्दा धेरै कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ मा ४४५  जनालाई कोरोना पोजेटिभ देखीएको छ ।

तपाइँको प्रतिक्रिया ।