चम्पादेवी -३ शिल्खुवेसीका पहिरो पिडितको माझमा प्रदेस नं १ का मन्त्रि अम्बिरबाबु गुरुङ
कपन अनलाइन
ओखलढुंगा ,जेष्ठ ४।
प्रदेस नं १ का भौतिक पूर्वाधार विकास मन्त्रि अम्बिर बाबु गुरुङले चम्पादेवी गाउँपालिका वडा नं ३ शिल्खुवेसीका पहिरो पिडितहरुलाई भेटेका छन।
केहि दिन पहिले सो स्थानमा रहेको खहरेमा लेदो सहितको पानी आएर पहिरो जाँदा दर्जनौ चौपाया सहित लाखौको धनमालको क्षेती भएको थियो।
घटना भएको स्थलको निरीक्षणमा पुगेका मन्त्रि गुरुङले स्थानीयहरु संग छलफल गर्दै प्रदेस सरकारका तर्पः बाट राहत र अन्य सबै किसिमको सहयोगका लागि प्रदेस सरकार तयार रहेको प्रतिवदत्ता व्यक्त गरेका थिए।
त्यस्तै आफ्नो आगनमा आएका मन्त्रि संग पहिरो पिडित स्थानीयहरुले विभिन्न मागहरु प्रस्तुत गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।