शंखरापुर नगरपालिकाको पहलमा सुष्मा कोइराला अस्पतालले कोरोना संक्रमितको उपचारमा ५० प्रतिशत छुट दिने

शंखरापुर नगरपालिकाको पहलमा सुष्मा कोइराला अस्पतालले कोरोना संक्रमितको उपचारमा ५० प्रतिशत छुट दिने

कपन अनलाइन

काठमाडौँ,जेठ ४। शंखरापुर नगरपालिकाको   सलम्बुटारमा  रहेको सुष्मा कोइराला अस्पतालले कोरोना संक्रमितको उपचारमा ५० प्रतिसत छुट दिने  भएको छ ।शंखरापुर नगरपालिका र सुस्मा कोइराला मेमोरियल अस्पताल बीच भएको सम्झौता अनुसार  कोरोनाका बिरामीले उक्त छुट पाउने भएका हुन ।

बिरामीको उपचारमा लाग्ने कुल खर्च मध्ये शंखरापुर नगरपालिकाले २५ प्रतिशत र सुस्मा कोइराला मेमोरियल अस्पतालले २५ प्रतिशत खर्च ब्यहोर्ने गरि सम्झौता भएको  शंखरापुर नगरपालिकाका प्रमुख  सुबर्ण श्रेष्ठले  जानकारी गराए । उनका अनुसार बिरामीको उपचारमा लाग्ने कुल खर्चको २५ प्रतिशत शंखरापुर नगरपालिकाले र २५ प्रतिशत अस्पतालले  बेहोर्ने छ भने  बाकी ५० प्रतिशत मात्र बिरामी स्वयमले ब्यहोर्ने गरि नगरपालिका र अस्पताल बीच सम्झौता गरिएको प्रमुख श्रेष्ठले जानकारी गराएका हुन् ।यो विषम परिस्थितिमा जनताको ज्यान बचाउनु नगरपालिकाको पहिलो दायित्व भएको हुँदा  उपचारमा जनतालाई केहि राहत मिलोस भनेर सम्झौता गरिएको  प्रमुख श्रेष्ठको भनाइ रहेको थियो।  इन्द्रायणीमा रहेको प्रस्तावित नगर अस्पतालमा आइसुलेसनमा बसेर उपचार गराइरहेका बिरामीहरुलाई नगरपालिकाले नि:शुल्क उपचार गराइरहेको पनि जानकारी गराए।

उक्त समझदारी पत्रमा नगरपालिकाको तर्फ बाट नगर प्रमुख सुवर्ण श्रेष्ठ र अस्पतालको तर्फ बाट मेडिकल अधिकृत डा. सन्तोष बिक्रम भण्डारीले हस्ताक्षर गरेका हुन उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने,र सुष्मा मेमोरियल अस्पतालका आर्थिक प्रशासन शाखा प्रमुख  भोला बिष्ट लगायतको उपस्थिति रहेको थियो।हाल सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गराउने कोबिड-१९ का बिरामीलाई आइ.सि.युमा ३२ हजार ७ सय, नन आइ. सि.युमा २३ हजार ६ सय र आइसुलेसन वार्डमा बस्ने बिरामीलाई ५ हजार खर्च लाग्ने सुस्मा कोइराला मेमोरियल अस्पतालका आर्थिक शाखा प्रमुख भोला बिष्टले जानकारी दिएका छन ।नगरपालिका र अस्पताल बीच भएको आजको सम्झौताले आर्थिक समस्यामा परेका बिरामीहरुलाइ राहत मिल्ने छ।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।