आमा : सुमित्रा श्रेष्ठ (कविता )
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १।
आमा भन्ने शब्द कस्तो ममताको खानी ।
आफू आमा बन्दा थाहा भो आमाको कहानी ।
त्याग अनि समर्पणको रैछ जिन्दगानी ।
सन्तानको रक्षा गरि हुन दिन्न हानी ।
दुःख कष्ट अबहेलना आफ्नै भग्य ठानी ।
पहाड बनी घर धान्ने आमा स्वाभिमानी ।
घाम लाग्दा छाता जस्ती तिर्खा लाग्दा पानी ।
जे मागे नि पुर्याइदिने हाम्री आमा ज्ञानि ।
दिदी बहिनी दाजुभाइ गर्थ्यौ तानातानी ।
कहिलेकाही झगडा गर्थ्यौ हामिले जानीजानी ।
आफै पिट्दै आफै रुने कोमल तिम्रो बानी ।
त्यस्ती प्यारी आमा पाउने हामी भाग्यमानी ।
आफ्नो गाँस कटाइ पाल्यौ तिमी कति दानी ।
तर पनि नमिठो भो भन्थे छानीछानी ।
तिमी नै हो तिर्थब्रत तिमी स्वस्थानी ।
तिमी नै हौ हाम्रो भगवान यो आखाको नानी ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।