अक्सिजन अभाबमा गोकर्णेश्वरको शंकरापुर अस्पतालका सम्पूर्ण सेवा बन्द हुने

अक्सिजन अभाबमा गोकर्णेश्वरको शंकरापुर अस्पतालका  सम्पूर्ण सेवा बन्द हुने

कपन अनलाइन

काठमाडौं, बैशाख ३० । गोकर्णेश्वरको शंकरापुर अस्पतालले  सम्पूर्ण नियमितका साथै कोभिड उपचार सेवा बन्द गर्ने भएको छ। अस्पतालले आज एक बिज्ञप्ति जारी गर्दै सोको जानकारी गराएको हो। अस्पतालका  निर्देशक डा. रमेश ढकालले जारि गरेको  उक्त बिज्ञप्तिमा  विश्व ब्यापी महामारीको रुपमा फैलिएको नयाँभेरीयन्टको कोरोना भाइरस नेपालमा नियन्त्रण भन्दा बाहिर जनस्तरमा फैलिरहेको र शंकरापुर अस्पतालले पनि स्वास्थ्य कार्यालयमा सुचिकृत गराई कोभिड  १९ केयर युनिट संच्चालन गरिरहको र यसरि उपचारमा खटीरहेको अस्पतालले बिगत एक हप्ता देखिनै अक्सिजनको अभाब खेपिरहेको उल्लेख गर्दै पटक पटक नेपाल सरकार स्वास्थ्य तथा जन संख्या मन्त्रालय जिल्ला प्रशासन कार्यालय तथा सबै सम्बन्धित निकायहरुलाई जानकारी गराउदा पनि कुनै सुनुवाई  तथा पहल नभएकोले अस्पतालका सम्पूर्ण नियमित तथा कोभिड सेवाबन्द गर्नुपर्ने अवस्था आएको जानकारी गराएको छ।

साथै सो अस्पतालमा भर्ना भएका बिरामीहरुलाई अक्सिजनको अभाबमा उपचार सम्भब नभएकोले उनीहरुको आफनै जिम्मामा घर वा अन्यन्त्र स्थानान्तरण गराउन अनुरोध गरिएको उल्लेख गरिएको छ भने सो बाट पर्न गएको असुविधाको निम्ति अस्पताल प्रशासन दुख तथा खेद प्रकट गर्दै अक्सिजनको चरम अभाबका कारण कुनै पनि अप्रिय घटना भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायहरु रहने जनाएको छ

तपाइँको प्रतिक्रिया ।