कागेश्वरीको मुलपानी नगर अस्पतालमा अक्सिजन प्लान्ट सहितका उपचार कक्ष बनाउन ३ करोड

कागेश्वरीको मुलपानी नगर अस्पतालमा अक्सिजन प्लान्ट सहितका उपचार कक्ष बनाउन ३ करोड

कपन अनलाइन

काठमाडौँ,बैशाख ३० ।कागेश्वरी मनोहरा नगरपालिकाको ६९ औ कार्यपालिका बैठक सम्पन्न भएको छ ।आज नगरपालिकको सभाहलमा नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा बसेको आकस्मिक उक्त बैठकले नगरपालिका भित्र तिब्र रुपमा फैलिरहेको कोरोना संक्रमण नियन्त्रणका लागि सबै वडाहरुमा रहेका टोल सुधार समिति संघ संस्थाहरुलाई संक्रमितहरुको पहिचान गरि गरि होम क्वारेन्टाइन/आइसोलेसनमा सुरक्षित रुपमा बसेको छ छैन निजको स्वास्थ्य अवस्थाके कस्तो छ ? सम्बन्धित वडाका जनप्रतिनिधि ,नगर उप प्रमुख,  प्रमुखको साथै  स्वास्थ्य शाखालाइ जानकारी गराउने निर्णय भएको नगर प्रवक्ता राजाराम पुडासैनीले कपन अनलाइनलाइ जानकारी गराए ।

  उक्त बैठकले हाल नगरपालिकाले संचालनमा ल्याएको मूलपानी नगर अस्पतालमा अक्सिजन प्लान्ट लगायत आइ सी यु र भेन्टिलेटर सहितका उपचार कक्षा तत्काल निर्माणको लागि आवश्यक प्रक्रिया अगाडी बढाउने निर्णय भएको जानकारी गराए। जसको लागि ३ करोड रुपैयाको लगानीमा जडान कार्य गर्न खरिद प्रक्रिया अगाडी बढाउने निर्णय भएको जानकारी गराएका छन् ।

 त्यसैगरि कोरोना परिक्षण (एन्टीजेन/ पी सी आर) लाइ प्रत्येक दिन आइतबार देखि शुक्रबार ११बजे देखि २ बजे सम्म अर्को सुचना जारी नभए सम्म नियमितता दिने ,त्यस्तै उपत्यका भित्रका बिभिन्न अस्पताल बाट भेरोसेल चिनिया खोप (पहेलो खोपकार्ड) लगाउनु भएका कागेश्वरी मनोहरा नगरपालिका भित्र बसोबास गर्ने ब्यक्तिहरुले नगरपालिकाको वडा नं९ मा रहेको गोठाटार स्वास्थ्य चौकीमा २०७८ जेठ २ गते देखि २०७८ साल जेठ११ गते सम्म दोश्रो खोप लगाउने कार्यको व्यवस्थापन गर्ने निर्णय भएको जानकारी गराए।

त्यसैगरि कागेश्वरी मनोहरा नगर अस्पतालमा ज्येष्ठ नागरिकहरुले लगाएको कोभीशिल्ड खोपका लागि हाल कहिले लगाउने जानकारी सम्बधित निकाय बाट प्राप्त नभएको हुँदा जानकारी प्राप्त भएपछि सुचना जारि गर्ने , नगरपालिकामा रहेका बिभिन्न शाखाहरु महिला तथा बालबालिका, प्रशासन कार्यलय ,काठमाडौंबाट जारि भएको निषेधाज्ञा अवाधिभर बन्द रहने निर्णय भएको जानकारी गराउदै प्रवक्ता पुडासैनीले नगरपालिका भित्र रहेका सम्पूर्ण स्वास्थ्य शाखा, स्वास्थ्य चौकी ,शहरी स्वास्थ्य केन्द्र,नगर अस्पताल स्वास्थ्य मापदण्ड अपनाई प्रभाबकारी ध्नागले नियमित रुपमा संचालन गर्ने निर्णय भएको जानकारी गराएका छन ।

तपाइँको प्रतिक्रिया ।