निषेधाज्ञामा पनि बुढानिलकण्ठ सापाटारमा खुलेआम प्राकृतिक दोहन,स्थानीय आक्रोसित

निषेधाज्ञामा पनि बुढानिलकण्ठ सापाटारमा खुलेआम प्राकृतिक दोहन,स्थानीय आक्रोसित

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ३०।

निषेधाज्ञामा पनि बुढानिलकण्ठ सापाटारमा खुलेआम प्राकृतिक दोहन भैरहेको प्रति स्थानीयहरुले आक्रोस व्यक्त गरेका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को सापाटारमा रहेको जग्गा प्लटिंग र खानी बाट निर्वाद रुपमा बालुवा तथा माटो ढुवानी भैरहदा पनि कुनै पनि सरोकारवाला निकायको ध्यान नपुगेको एक स्थानीयले बताएका छन।

कोरोना प्रकोपको विषम परिस्थितिको फाइदा उठाउदै भैरहेको दोहनमा आउने सवारी साधन तथा अन्य व्यक्तिहरुले सुरक्षा मापदण्ड नपनाउदा स्वास्थ्य खतरा बढेको प्रति चिन्ता व्यक्त गर्दै स्थानीयहरुले नगरपालिकाको ध्यानाकर्षण गराएका छन।

सरकारले गरेको निषेधाज्ञामा सम्पूर्ण निर्माण लगायतका गतिविधिमा रोक लगाए पनि विभिन्न गाडीहरुका ताती नै लागेर बालुवा र माटो ढुवानी गरे संगै यसले खानी संचालकहरुको पहुच र शक्तिको पनि राम्रै चर्चा भैरहेको बताउदै एक स्थानीयले यो क्रम नरोकिए स्थानीय आफै विरोधमा उत्रिन बाध्य हुने धारणा राखेका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।