चौतारा सांगाचोकगढी नगरपालिकामा स्वास्थ्य सामग्री वितरण
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ३०/विशाल आचार्य
हामिले नगरे कस्ले गर्ने अहिले नगरे कहिले गर्ने भन्ने हेतुका साथ सरोज बोहराको अगुवाइमा चौतारा सांगाचोकगढी नगरपालिकामा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
चौतारा सांगाचोकगढी नगरपालिका वडा नम्बर १४ का दिपेश भण्डारीबाट रु ६ हजार २ सय ,बिबेक बस्नेत रु. ६ हजार २ सय,सुजन खड्काबाट रु ५ हजार ६ सय असि ,आकाश बस्नेतबाट रु. ३ हजार १ सय , काजिराम बस्नेतबाट रु. २ हजार ,शहदेब बस्नेतबाट १ हजार थान मास्क,सुजन बस्नेतबाट १ हजार थान मास्क, सरोज बोहराबाट १ हजार थान मास्क, दिपक बस्नेतबाट सानो १ सय वटा सेनिटाइजर, दिपक बस्नेतबाट ५८ वटा साबुन र अन्जन बस्नेतबाट ५ सय थान मास्क संकलन भएको सरोज बोहराले जानकारी दिएका छन ।
युवाहरुको अगुवाइमा ६ हजार थान मास्क ,२ सय वटा र साबुन एक सय वटा सेनिटाइजर उक्त्त वडाका सम्पुण परिवारलाई पुग्ने गरि बिररण गरिएको हो । वडामा रहेको दुई वटा स्वास्थचौकिलाइ समेत मास्क, सेनिटाइजर र फेस शिल्ड हस्तान्तरण गर्न लागिएको छ । उक्त्त सामग्री वितरण गरिसकिएको छ ।