डा. भगवान कोइरालाको नेतृत्वमा कोभिड १९ अनुगमन समिति गठन

डा. भगवान कोइरालाको नेतृत्वमा कोभिड १९ अनुगमन समिति गठन

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ३०।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाको नेतृत्वमा कोभिड १९ अनुगमन समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काउन्सिलका अध्यक्ष अध्यक्ष रहने गरी कोभिड १९ अनुगमन समिति गठन गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोभिड १९ सम्बन्धि अनुगमनका लागि मन्त्रीस्तरीय निर्णय गर्दै समिति गठन गरिएको जानकारी दिनुभयो । अनुगमन समितिका अन्य सदस्यहरुमा मन्त्रालयका गुणस्तरमापन महाशाखा प्रमुख डा. मदन उपाध्याय, नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष प्रज्वलजंग पाण्डे, स्वास्थ्य व्यवसायी परिषदका अध्यक्ष मोहनकृष्ण श्रेष्ठ, नर्सिङ्ग काउन्सिल अध्यक्ष रहनेछन् ।
यस्तै नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. लोचन कार्की, निजी अस्पताल एसोसिएसनका अध्यक्ष वसन्त चौधरी, नेपाल डेण्टल एसोसिएसनका अध्यक्ष डा. सुमित मास्के र नेपाल मेडिकल कलेज एसोसिएसनका अध्यक्ष बसुरुद्धीन अन्सारी रहेका छन  । समितिको सदस्यसचिव मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी रहेका छन  ।

उक्त समितिले कोरोनाको उपचार भइरहेको अस्पतालहरुमा भइरहेको व्यवस्थापन, उपचार र जनगुनासोलाई अध्ययन गर्ने अधिकार दिइएको छ ।

तपाइँको प्रतिक्रिया ।