शंखरापुर नगरपालिकामा संक्रमितको संख्या ११८ पुग्यो, १८ जना संक्रमण जितेर घर फर्किए

शंखरापुर नगरपालिकामा संक्रमितको संख्या ११८ पुग्यो, १८ जना संक्रमण जितेर घर फर्किए

कपन अनलाइन

काठमाडौं, बैशाख २९। शंखरापुर नगरपालिकामा चैत्र २५ गते देखि बैशाख २८ गते सम्ममा ५३ जना महिला र ६५ जना पुरुष गरि कुल ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको जन स्वास्थ्य प्रवर्दन उप शाखा शंखरापुर नगरपालिकाले जनाएको छ। कुल संक्रमित मध्ये ४४ जना महिला र ५३ जना पुरुष गरि९७ जना सक्रिय संक्रमित रहेको जानकारी गराएको छ। हाल सम्म नगरपालिकामा १ जना पुरुष र २ जना महिला गरि ३ जनाको कोरोनको कारण मृत्यु भएको छ भने  ८ जना महिला र १० जना महिला गरि १८ जनाले कोरोना जितेको उल्लेख गरिएको छ  ।हाल सम्म ३८ जना महिला र ४९ जना पुरुष गरि कुल ८७ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना महिला र ४ जना पुरष गरि कुल १० जना अस्पतालमा रहेको पनि जानकारी गराइएको छ।

कुन वडामा कति संक्रमित?

वडा नं १ मा १ महिला र ४ पुरुष गरि कुल ५ जना

वडा नं २ मा १ महिला र ३ पुरष गरि कुल ४ जना

वडा नं३ मा २ जना महिला र ४ जना पुरुष गरि कुल ६ जना

वडा नं ४ मा ७ जना महिला र ६ जना पुरुष गरि कुल १३ जना

वडा नं ५ मा ३ जना महिला र ३ जना पुरुष गरि कुल ६ जना

वडा नं ६ मा १७ जना महिला र १४ जना पुरुष गरि कुल ३१ जना

वडा नं ७ मा ९ जना महिला र १० जना पुरुष गरि कुल १९ जना

वडा नं ८ मा ३ जना महिला र ४ जना पुरुष गरि कुल ७ जना

वडा नं ९ मा ८ जना महिला र १२ जना पुरुष गरि कुल २० जना त्यसै गरि अन्यमा २ जना महिला र ५ जना पुरुष गरि कुल ७ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगर प्रमुख सुवर्ण श्रेष्ठले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।