कोरोना विरुद्धको दोश्रो डोज खोपका लागि कार्यतालिका सार्वजनिक,काठमाण्डौका कुन नगरमा कहिले ?
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २९ ।
कोरोना विरुद्धको दोश्रो डोज लगाउने कार्यतालिका सार्वजनिक गरिएको छ। बागमती प्रदेस सरकारको स्वास्थ्य निर्देशनालयले परिपत्र जारी गर्दै खोप लगाउने मिति र समय सार्वजनिक गरेको छ।
जनस्वास्थ्य मापदण्ड पालना गर्दै १८ देखि ५९ वर्ष उमेर समुहका नागरिकहरुले आफ्नो स्थानीय तह संग सम्पर्क गरेर खोप लगाउनका लागि अनुरोध गर्दै निर्देशनालयले जेष्ठ २ गते देखि चिनिया भेरोसेल खोप अभियान शुरु हुने जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रिया ।