अक्सिजनको खालि सिलिन्डर भए सहयोग गर्न गोकर्णेश्वर नगरपालिकाको अनुरोध

अक्सिजनको खालि सिलिन्डर भए सहयोग गर्न गोकर्णेश्वर नगरपालिकाको अनुरोध

कपन अनलाइन

काठमाडौं बैशाख २९ ।गोकर्णेश्वर नगरपालिकाको तर्फ बाट नगर प्रमुख सल्लाहकार दिपक रिसालले  कोहि कसै संग अक्सिजनको खालि सिलिन्डर छ भने सहयोग गर्न अनुरोध गरेका छन्। देशभर कोरोना संक्रमणका बिरामी बढेसँगै अस्पतालहरुमा अक्सिजनको अभाब भएको छ । कोरोना हटस्पट बनेका काठमाडौं लगायतका अस्पतालहरुले अक्सिजनको अभाब भएको भन्दै धमाधम बिरामी भर्ना रोक्न थालेका छन् । सरकारले कुनै पनि अस्पतालमा अक्सिजन अभाव नहुने जनाए पनि राजधानीलगायत देशभर अक्सिजनको चर्को अभाव देखिएको हो ।चिकित्सकहरूले कोरोनाको ‘न्यू भेरियन्ट’बाट ग्रसित अधिकांश बिरामीलाई अक्सिजनको जरुरी हुने बताउँदै आएका छन् ।

अक्सिजनको पर्याप्त उपलब्धता भए मात्र थुप्रै सङ्क्रमितको ज्यान जोगाउन सकिने उनीहरूको भनाइ छ ।कोभिडका बिरामीहरुको अत्याधिक चापका कारणले अक्सिजन सप्लाइले नपुग्ने भएकाले हाललाई भर्ना भएका बिरामीलाई अक्सिजन पुर्याउन नसक्ने अवस्था आएको अस्पतालहरुले बताउदै आएका छन। त्यसैलाइ मध्येनजर गर्दै नगरपालिकाका प्रमुख सल्लाहकारदिपक रिसालले कोभिड बिरामीको लागि अक्सिजन नपाएर छट्पटाई रहनु परेको यो महामारीको अवस्थामा गोकर्णेश्वर नगरपालिका र काठमाडौं उपत्यका भित्रका व्यक्ति तथा संस्थाहरु सँग खाली अक्सिजन सिलिन्डर छ भने निम्न नम्बरमा  सम्पर्क गर्न अनुरोध गरेका छन्  ।

उनले उक्त खालि सिलिन्डरमा नगरपालिकाको सहयोगमा अक्सिजन भरेर बिरामीको उपचार गर्ने व्यवस्था गरेको जानकारी गराउदै यो विषम परिस्थितिमा सबैको सहयोग आवश्यक रहेको बताएका छन् उनले हाल सम्म ३२ वटा सिलिन्डर प्राप्त भैसकेको र उक्त सिलिन्डर आवश्यक बिरामीको लागि प्रयोग को लागि प्रदान गरिसकेको र थप प्राप्त भएमा अक्सिजन भरि अत्यावश्यक बिरामीको लागि प्रदान गरिने जानकारी गराउदै प्राप्त  अक्सिजन सिलिन्डर प्रयोग पश्चात फिर्ता समेत  गरिने जानकारी गराए ।  हामीले गरेको  सानो  सहयोगले कसैको अमूल्य जीवन बाँच्न सक्ने हुँदा सहयोग गर्न अनुरोध गरेका छन ।

सम्पर्क नं:

दिपक रिसाल ,नगरपालिकाका (प्रमुख सल्लाहकार):   ९८५१०२५६९३,

 हरी उपाध्याय , (स्वास्थ्य शाखा प्रमुख):  ९८४१३९१०००

 गोकर्णेश्वर नगरपालिका: ४९१४११४ ,४९१४११५

 

तपाइँको प्रतिक्रिया ।