अक्सिजन खोजि गर्दै नागार्जुन नगरपालिकाका प्रवक्ता थुम राज केसी सहितको टोलि ककनी सम्म पुगे

अक्सिजन खोजि गर्दै नागार्जुन नगरपालिकाका प्रवक्ता थुम राज केसी सहितको टोलि ककनी सम्म पुगे

कपन अनलाइन

काठमाडौँ, बैशाख २९। नागार्जुन नगरपालिकाका प्रवक्ता एबम वडा नं’ २ का वडा अध्यक्ष थुमराज केसी सहितको टोलीले नगरपालिकामा कोभिड १९ संक्रमितहरुको लागि आवश्यक अक्सिजन अभाब भए संगै  सोको हल गर्नको लागि ककनी स्थित हाम्रो अक्सिजन उद्योग सम्म पुगेका छन् । नगरपालिकामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गए संगै अक्सिजनको खोजि गर्नको लागि टोलि ककनी स्थिति अक्सिजन उद्योग पुगेका हुन् ।

देशभर कोरोना संक्रमणका बिरामी बढेसँगै अस्पतालहरुमा अक्सिजनको अभाब भएको छ । कोरोना हटस्पट बनेका काठमाडौं लगायतका अस्पतालहरुले अक्सिजनको अभाब भएको भन्दै धमाधम बिरामी भर्ना रोक्न थालेका छन् । सरकारले कुनै पनि अस्पतालमा अक्सिजन अभाव नहुने जनाए पनि राजधानीलगायत देशभर अक्सिजनको चर्को अभाव देखिएको हो ।चिकित्सकहरूले कोरोनाको ‘न्यू भेरियन्ट’बाट ग्रसित अधिकांश बिरामीलाई अक्सिजनको जरुरी हुने बताउँदै आएका छन् । अक्सिजनको पर्याप्त उपलब्धता भए मात्र थुप्रै सङ्क्रमितको ज्यान जोगाउन सकिने उनीहरूको भनाइ छ ।कोभिडका बिरामीहरुको अत्याधिक चापका कारणले अक्सिजन सप्लाइले नपुग्ने भएकाले हाललाई भर्ना भएका बिरामीलाई अक्सिजन पुर्याउन नसक्ने अवस्था आएको अस्पतालहरुले बताउदै आएका छन।

त्यसैलाई मध्यनजर गर्दै नागार्जुन नगरपालिका वडा नं२ का वडा अध्यक्ष एबम नगर प्रवक्ता समेत रहेका थुमराज केसी अक्सिजनको खोजिमा ककनी सम्म पुगेका हुन । त्यहा पुगेर टोलीले आवश्यक अक्सिजनको लागि माग गरेको र उद्योग बाट सकारात्मक जवाफ आएको कपन अनलाइनलाइ जानकारी गराए। उनले कोरोना  संक्रमितको संख्या उच्च दरमा बढीरहेकोले आम वडा तथा नगरवासीलाई सजगता अपनाउन र अत्यावश्यक काम बाहेक घरवाहिर ननिस्किन आग्रह गर्दै सामाजिक र भौतिक दूरी कायम गरि  अनिवार्य रुपमा मास्कको  प्रयोग  गर्न  अनुरोध गरेका छन।

तपाइँको प्रतिक्रिया ।