कागेश्वरी मनोहरा नगरपालिकाका ८० जना कोरोना जितेर घर फर्किए :नगर प्रमुख कृष्णहरि थापा
कपन अनलाइन
काठमाडौँ, बैशाख २९।कागेश्वरी मनोहरा नगरपालिकाका ८० जनाले कोरोना जितेर घर फर्किएको नगर प्रमुख कृष्णहरि थापाले जानकारी गराएका छन् दोस्रो कोरोना भेरिएण्टबाट २०७७ चैत्र १९ गते देखि २०७८ बैशाख २८ गते सम्ममा ६३७ जनामा सक्रमण पुष्टि भएको र त्यस मध्ये ८० जनाले कोरोनालाइ जितेर घर फर्किएको उनले जानकारी गराए । उनले कुल संक्रमित मध्ये ५ ५७ जना सक्रिय संक्रमित रहेको जानकारी गराए ।नगरपालिकामा कोरोना संक्रमण दर दिनप्रतिदिन भयावह बन्दै गएको भन्दै निषेधाज्ञाको समयमा अनावश्यक आवतजावत नगर्न, सुरक्षितसाथ घरमै बस्न थापाले नगरवासी समक्ष अनुरोध गरेका छन् ।
कागेश्वरी मनोहरा नगरपालिकाका कुन वडा मा कति संक्रमित ?
१- कागेश्वरी मनाेहरा वडा नं. १ मा ७ जना ।
२ – कागेश्वरी मनाेहरा वडा नं. २ मा १२ जना ।
३ – कागेश्वरी मनाेहरा वडा नं. ३ मा ८ जना ।
४ – कागेश्वरी मनाेहरा वडा नं. ४ मा २१ जना ।
५ – कागेश्वरी मनाेहरा वडा नं. ५ मा ४४ जना ।
६ – कागेश्वरी मनाेहरा वडा नं. ६ मा ८० जना ।
७ – कागेश्वरी मनाेहरा वडा नं. ७ मा ८४ जना ।
८- कागेश्वरी मनाेहरा वडा नं. ८ मा ५१ जना ।
९ – कागेश्वरी मनाेहरा वडा नं. ९ मा ३३० जना मा संक्रमण पुष्टि भएको छ,त्यस मध्य सबै भन्दा धेरै कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ मा ३३० जनालाई कोरोना पोजेटिभ देखीएको छ । कोरोनो संक्रमितको संख्या उच्च दरमा बढीरहेकोले नगर प्रमुख थापाले आमनगरवासीलाई सजगता अपनाउन र अत्यावश्यक काम बाहेक घरवाहिर ननिस्किन आग्रह गर्दै सामाजिक र भौतिक दूरी कायम गरि अनिवार्य रुपमा मास्कको प्रयोग गर्न अनुरोध गरेका छन।
तपाइँको प्रतिक्रिया ।