लायन्स क्लब अफ काठमाण्डौ लिडरशिप फर चेन्जको अध्यक्षमा लायन राजकुमार लामिछाने चयन

लायन्स क्लब अफ काठमाण्डौ लिडरशिप फर चेन्जको अध्यक्षमा लायन राजकुमार लामिछाने चयन

कपन अनलाइन

काठमाडौं, बैशाख २७। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाण्डौ लिडरशिप फर चेन्जले  लायन वर्ष २०२१/२२ को लागि नया कार्यसमिति चयन गरेको छ ।कोरोना संक्रमणको कारण भर्च्युल माध्यम जुम मिटिंङ बाट नया कार्य समिति चयन गरेको हो। सामाजिक कार्यमा अग्रसर लायन्स कलब अफ काठमाडौं लिडरशिप फर चेन्जको अध्यक्षमा लायन  राजकुमार लामिछानेलाइ सर्वसम्मत रुपमा चयन गरिएको छ। त्यसै गरि क्लबको प्रथम उपाध्यक्षमा लायन सहदेब सरगम तिमल्सिना, दितीय उपाध्यक्षमा लायन सम्झना लामा , त्यसै गरि तृतीय उपाध्यक्षमा लायन रोहन घिमिरे ,चयन भएका छन भने  सचिवमा लायन शशीकला खड्का र कोषाध्यक्षमा लायन कुमार मोक्तान चयन भएका छन। त्यसै गरि क्लबले इमिदडेट पास्ट प्रेसिडेन्ट लायन गेंद्र लामालाइ एल सी आइ एफ कोर्डिनेटरमा चयन गरेको छ।

नवनिर्वाचित अध्यक्ष  राजकुमार लामिछानेले पूर्वअध्यक्षहरुको सल्लाहमा कार्यसमितिले क्लबका सबै सदस्यको सल्लाह, सुझावमा उपयुक्त कार्य गर्ने बताएका छन् ।लायन वर्ष २०२१/२२ का जोन चेयरपर्सन राजन श्रेष्ठले उपस्थितिमा भएको जुम बैठक बाट  लायन्स हरुलाई उत्प्रेरणा प्रदान गर्दै आगामी दिनमा थप क्लबको इज्जत प्रतिष्ठालाइ थप उचाइमा पुर्याउनको   लागि शुभकामना प्रदान गरेका थिए ।

आफु भन्दा कुनै पनि कुरामा कम अवसर प्राप्त व्यक्ति समुदायलाई सहयोग गर्ने उद्देश्यले लायन्स क्लब अफ काठमाडौं लिडरशिप फर चेन्ज स्थापना गरिएको क्लबका चार्टर प्रेसिडेन्ट एबम  लायन वर्ष २०२१/२२ का जोन चेयरपर्सन राजन श्रेष्ठले जानकारी गराए  । श्रेष्ठले मानब जातीका लागि बिभिन्न तवरबाट मानबिय सहयोग गर्ने उद्धेश्यले यस क्लबको स्थापना  गरिएको स्पस्ट पर्दै कोरोना महामारीको विषम परिस्थितिमा  आफु जोगिदै अरुलाई सहयोग गर्न अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।