चितवनको माडीमा कोरोना संक्रमित एक युवकले झुण्डिएर देहत्याग गरे
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २३।
चितवनको माडीमा कोरोना संक्रमित एक युवकले गए राती झुण्डिएर देहत्याग गरेका छन् । माडी नगरपालिका वडा नं -३, इनारबरुवा गाउँ निवासी बर्ष ३२ का संक्रमित युवकले झुण्डिएर देहत्याग गरेका हुन ।
करीब एक साताअघि भारत बिहारमा सम्पन्न बैवाहिक कार्यक्रममा सहभागी भई फर्किएका उनलाई परिवार र छिमेकीहरुले घरसंगैको गोठमा ‘आइसोलेशन’मा राखेका थिए ।
लगातार झाडापखाला लागेका उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । उनले गएराती झुण्डिएर देहत्याग गरेको ईलाका प्रहरी कार्यालय माडीले जनाएको छ । पिपिई सहित अन्य सुरक्षाको उपाय सहित घटनाको अनुसन्धान र शव व्यवस्थापन गर्न लागिएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।