बुढानिलकण्ठ नगरपालिकाका थप ४६ जनामा कोरोना संक्रमण
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २० ।
बुढानिलकण्ठ नगरपालिकाका थप ४६ जनामा कोरोना संक्रमण देखिएको छ । जनस्वास्थ्य महाशाखाको दैनिक प्रतिवेदनका अनुसार संक्रमित मध्य २७ जना महिला र १९ जना पुरुष रहेका छन ।
बुढानिलकण्ठ नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार हाल सम्म नगरपालिका भित्र १३१ जना महिला र १४५ जना पुरष गरी कुल २७६ जनामा संक्रमण देखिएको छ जसमा २६७ जना होम आईसोलेसनमा छन् भने ४ जना पुरुष र ४ जना महिला अस्पतालको आईसोलेसनमा भर्ना भएका छन ।
वडागत विवरणः
वडा नं १: २ महिला र १ पुरुष
वडा नं २: १ महिला र १ पुरुष
वडा नं ३: १ महिला र १ पुरुष
वडा नं ४: १ पुरुष
वडा नं ५: १ महिला
वडा नं ६: ४ महिला र १ पुरुष
वडा नं ७ :१ महिला र २ पुरुष,
वडा नं ८: ३ महिला र ५ पुरुष
वडा नं ९: १ महिला र १ पुरुष
वडा नं १०: ३ महिला र ३ पुरुष
वडा नं ११: ४ महिला र १ पुरुष
वडा नं १२: ६ महिला र २ पुरुष ।