लुम्बिनी प्रदेशमा नेकपा एमाले द्वारा एकल बहुमतको सरकारमा दावी
कपन अनलाइन
काठमाण्डौ ,बैशाख १९।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री बाट राजिनामा शंकर पोखरेलले एकल बहुमतको सरकार गठनमा दाबी गरेका छन् ।आफू संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेको र अब १६८ को १ अनुसार एकल सरकार गठन हुनुपर्ने उनको दाबी छ ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका दुई र जनता समाजवादी पार्टी (जसपा)का चार जना पदमुक्त भएकाले ८१ सदस्यीय भएको छ । जसमा पोखरेलको पार्टी नेकपा एमालेका ४१ सांसद छन् । एमालेलाई बहुमतका लागि चाहिने संख्या पनि ४१ नै हो । त्यसैले एमालेले एकल बहुमतको सरकार गठनमा दाबी गरेको छ ।
तपाइँको प्रतिक्रिया ।