कागेश्वरीको मुलपानी नगर अस्पतालमा कोरोना संक्रमितहरुको उपचार शुरु
कपन अनलाइन
काठमाडौं, बैशाख १९ ।कागेश्वरी मनोहरा नगरपालिकाले संचालन गरेको मुलपानी नगर अस्पतालमा कोरोना संक्रमितहरुको उपचार शुरु गरिएको नगर प्रमुख कृष्णहरि थापाले जानकारी गराएका छन्। उनले हाल उक्त अस्पतालमा १० जना बिरामीलाइ भर्ना गरि उपचार शुरु गरेको जानकारी गराउदै अक्सिजन चाहिने बिरामी भएमा भर्ना गर्न ०१-४१५३५९३ मा सम्पर्क गर्न सकिने जानकारी गराएका छन।
साथै नगरपालिकाका कोहि कसैलाई कोभिड भएमा वा संका लागेमा मुलपानी नगर अस्पतालको ०१-४१५३५९३ सम्पर्क राखी सेबा लिन अनुरोध गर्दै एम्बुलेन्स आवश्यक परे निम्न व्यक्तिलाई सम्पर्क गरि सेवा लिन सकिने जानकारी गराए ।९८४१-६५५६२१ चिरन कटुवाल, ९८६०- ४३७७७७ बिनोद परियार, ९८६१-६६९३०६ कृष्ण बिसुन्खे कोभिड डेडिकेटेड ९८४९-४००७८८ राजेन्द्र खडकालाइ सम्पर्क गर्न सकिने जानकारी गराएका छन।
कोरोनाको कहर पुन बढ्दै गएको भन्दै थप सतर्कता अपनाउन अनुरोध गरेका छन् । उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न समेत अनुरोध गरेका छन ।कागेश्वरी मनोहरा नगरपालिकाले कोरोना रोकथामका लागि बिभिन्न कार्यक्रम गर्दै आए पनि पछिल्लो समय कोरोना संक्रमित बढिरहेको हुँदा सजगता अपनाउन सबैमा अनुरोध गरेका हुन् ।